निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

१५ तस्वीरमा हेर्नुहोस- रानी झरना

रुपन्देहीसंग सीमा जोडिएको पाल्पा तिनाउ गाउँपालिका वडा नं २ मा पर्ने रानी झरना अहिले पर्यटक लोभ्याउने क्षेत्र बनेको छ । सामाजिक सञ्जालमा झरनाको आकर्षक र मनमोहक दृश्य भाइरल बने संगै त्यहां आन्तरिक पर्यटकको चहलपहल बढाएको छ ।
ढापखोला सामुदायिक वन उपभोक्ता समूहको बगाहामा रहेको झरनामा अहिले बिदा मनाउने आन्तरिक पर्यटकहरुको भीड लागेको छ । बुटवलको कोलाहल र भीडभाडबाट केवल ५ किलोमिटरको दूरीमा दोभान रहेको छ । दोबानबाट ३ किलोमिटरको दूरीमा छ रानी झरना । सिद्धार्थ राजमार्गमा रहेको दोभानको मुख्य बाटोबाट सुन्दर मनोरम गाउं छिचोल्दै रानी झरना पुग्न सकिन्छ । ओझेलमा परेको झरनाको प्रचारप्रसार सामाजिक सञ्जालबाट भएको हो । टिकटक, इन्ट्राग्राम र फेसबुक वालमा केही पर्यटकहरु सो क्षेत्रमा पुगेर भिडिओ तथा फोटो अपलोड गरेसंगै सो स्थान एकाएक भाइरल बनेको छ । रानी झरनाको मनोरम दृश्य लिन, पौडी खेल्न र पहाडी सुन्दरताको अनुभव लिन तराई मधेसका युवा पिँढी धेरै पुग्न थालेको स्थानीय केशरजंग जीसीले बताउनुभयो । धापखोला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष कुम्भकला खड्काले छोटो समयमा रानीखोला प्रचारमा आएको बताईन ।
सामुदायिक वनबाट १५ लाख रुपैयां बजेट विनियोजन गरेर काम गरिहेको र सो क्षेत्रमा शिव मन्दिर बनाउने योजना रहेको अध्यक्ष खड्काले बताईन । वन ७९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झरनासम्म पुग्ने पूर्वाधार विकासका लागि प्रदेश र संघीय सरकारबाट आवश्यक सहयोगको लागि पहल भैरहेको उनले बताईन । निवर्तमान वडाध्यक्ष राजेश श्रेष्ठ आफ्नो कार्यकालमा ओझेलमा परेको उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित योजना बनाउंदा सफलता मिलेको बताए ।
डिभिजन वन कार्यालय पाल्पाबाट प्राप्त ५ लाखको बजेट र ढापखोला सामुदायिक वनको आन्तरिक स्रोतबाट झरनामा आर्कषक काठको रेलिङ र पुल बनाएको उनले बताए । दोभान एकीकृत पर्यटन विकास केन्द्रका अध्यक्ष दलबहादुर गुरुङले रानी झरनासहित यहांका अन्य पर्यटकीय क्षेत्रले सबैको ध्यान तानेको बताए । तिनाउ गाउंपालिका अध्यक्ष प्रेम श्रेष्ठले रानी झरनालाई विशेष प्राथमिकतामा राखेर योजना बनाउने र तिनाउका सबै पर्यटकीय क्षेत्रको संरक्षण गरिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित