मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सिद्धार्थ उद्योग बाणिज्य संघमा ठाकुर कुमार श्रेष्ठ विजयी

सिद्धार्थ उद्योग बाणिज्य संघको शनिबार सम्पन्न अधिवेशनमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन् । २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए । सो मध्ये श्रेष्ठले ११०७ मत पाउँदा उनका प्रतिद्वन्द्वी बिजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृत गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य १२५५ मत ल्याई विजयी भएका छन् उनको प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्ष ९वाणिज्य० मा गोविन्द ज्ञवाली ११२३ मत पाई विजयी भएका छन भने सोही पदका अर्का उम्मेदवार रवि कुमार श्रेष्ठले ६४३ मत पाए ।

उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु ८९४ मत ल्याई निर्वाचित भएका छन उनका प्रतिद्वन्दी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याइ विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी गोपाल भण्डारीले ८०४ मत प्राप्त गरे । कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी भएका छन उनका निकटतम प्रतिद्वन्द्वी गौरब श्रेष्ठले ५१८ मत र सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत ल्याए । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी ९९२ मत ल्याइ विजयी भएका छन उनका प्रतिद्वन्द्वी धर्मवीर शर्माले ७७९ मत पाए ।
बस्तुगत सदस्यमा ५ मत ल्याइ प्रीतम रौनियार ५ मत पाई विजयी भएका छन । उनका प्रतिद्वन्द्वी चन्द्र प्रकाश श्रेष्ठले ४ मत पाए ।
उद्योग तर्फ खुल्ला सदस्यहरुमा ओम जैसी (१२४१), रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ विजयी भएका छन ।

वाणिज्य तर्फ खुल्ला सदस्यमा अर्जुन कार्की (१२१०), प्रमोद रिजाल (१३०१) , विशाल जैसवाल (१२८३), कृष्ण प्रसाद अधिकारी (१२७६) , विरेन्द्र ज्ञवाली (१०७५ ), दिनेशमान अमात्य (१२४६) , अभिनव मयुर कसौधन (१२७१) धर्मराज आचार्य (१३७८) मिना पन्थी (१४२८), र विजय अधिकारी (१३०७) मत ल्याइ विजयी भएको प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले बताए । कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका तथा वाणिज्य तर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित