तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु … लुम्बिनीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय, माओवादीलाई थप दबाब लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर) पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी ! मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष बानियाँको ९१ लाख स्रोत नखुलेको सम्पत्ति एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी                
समाचार :

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटी द्वारा बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको हो । च्यारेटी शोमा १ सय ६३ जनाले चलचित्र हेरेका थिए ।

चलचित्र हेरेका सवैले छक्का पञ्जा ४ फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका थिए ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि फिल्मले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ । चलचित्र पत्रकार संघ रुपन्देहीका कोषाध्यक्ष राजिव भुसालको संयोजनमा भएको च्यारेटी शो भएको थियो ।

च्यारेटी शो बाट बचत भएको रकमलाई अनाथ असाहयलाई सहयोग गर्ने लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष जीतु रानाले बताए ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म गत शुक्रबार देखि प्रर्दशनमा आएको हो ।

फिल्मले नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले फिल्मलाई फाइदा हुने पक्का छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार