तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अखिल छैठौ द्वारा बुटवलको सिद्धार्थ क्याम्पसमा तालावन्दी

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ ।

टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल छैठौं लाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो ।

टियुको तालिका अनुसार आगमी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउंसो ३ वजेसम्म संगठनको नाम दर्ताका लागि समय थियो ।

संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ वजे भएपनि २ वजे अगाडी नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जांदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालावन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।
सिद्वार्थ क्याम्पसले आफ्नो अनुकुल अनुसार संगठनको नाम दर्ता गर्ने तालिका बनाएको र सोही तालिकाको समय भित्र नआएकाले दर्ता गर्न नदिएको क्याम्पस प्रमुख विष्णु रानाले बताए । टियुको तालिका अनुसार सिद्वार्थ क्याम्पसले संगठनको नाम दर्ता गर्ने तालिकाको समय फरक बनाएको क्याम्पस प्रमुख रानाले बताए ।

निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईले नियतबस नभई ढिला आएकाले छुटेको र भोली २० गते बिहान एक पटक बसेर मिलाएर लैजानका लागि पहल गरिने निर्वाचन अधिकृत चापागाईले बताए ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनमा संगठनको नाम दर्ता गराउन नदिए आवश्यक अनुसार आन्दोलनमा उत्रने र आन्दोलनको क्रममा हुने क्षतीको जिम्मा क्याम्पसले लिनुपर्ने अखिल छैठौंका केन्द्रिय सचिव सरोजमान सिंहले चेतावनी दिए ।
संगठनको नाम दर्ता नहुंदासम्म तालावन्दी नखोल्ने अखिल छैठौंका विद्यार्थी नेताहरुले बताएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित