‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सिद्धार्थनगर–६ मा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार) अभियान सुरु भएको छ । सिद्धार्थनगर–६ मा बुधबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले मिसन ग्रासरुट अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीको गतिविधिलाई तीव्र बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘एमालेको भूमिकालाई प्रभावकारी बनाउन सम्पूर्ण नेता कार्यकर्ता लाग्नुपर्छ ।’

त्यस्तै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीले विगतका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले भने, ‘एकआपसमा रहेका असमझदारीलाई हटाउँदै एमालेलाई अझ बलियो बनाउँदै जनताको पक्षमा काम गर्दै जानुपर्छ ।’

पार्टीका सिद्धार्थनगर नगर कमिटी सचिव नारायण प्रसाद भण्डारीले विगतको निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका क्षेत्रमा आगामी निर्वाचनमा जित्ने गरी लाग्नुपर्ने बताए । उनले संगठन विस्तार, पार्टीको सदस्यता विस्तार लगायतलाई तीव्रता दिन आग्रह गरे ।

एमाले सिद्धार्थनगर कमिटी सदस्य लता पोखरेलले पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

एमाले सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले एमाले नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको बताए । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्दै विकास निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पार्टीका सिद्धार्थनगर–६ कमिटी उपसचिव आनन्द न्यौपानेले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलको प्रमुख आतिथ्यता तथा वडा कमिटी सचिव मदन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित