तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी

चलचित्र पत्रकार संघ नेपालको काठमाडौँमा सम्पन्न २३ औ साधारण सभा तथा नवौ अधिबेशनले समिर बलामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको कार्यक्रमतर्फको उपाध्यक्षमा कुबेर गिरी,संगठनतर्फको उपाध्यक्षमा विजय आवाज सुवेदी,उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई , महासचिवमा रघुनाथ सापकाेटा , खुला सचिव नवीन गिरी,समावेशी सचिव उद्धव रसाइली,कोषाध्यक्षमा मनिष कार्की ,सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल,त्यस्तै समावेशी सदस्यतर्फ महमद जलिम ,महिला सदस्यतर्फ सुष्मा श्री कार्की र सदस्यहरुमा  कृष्ण पाण्डे,अनुप भट्टराई,निशा बजगाई,अर्जुन गुरागाई,सिपी जैसी र सुरेन्द्र थापा निर्वाचित भएका हुन्। देशभरका ८ वटा जिल्ला शाखा र केन्द्रिय समितिका १६७ जनाको मताधिकार भएको सो समितिका लागि बिहानै बाट निर्वाचनमा सहभागी हुन पत्रकारहरुको रस्साकस्सी थियो।

निबर्तमान अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिति नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष  बिपुल पोख्रेल, पुर्व अध्यक्षहरु बिदुर गिरी, शान्ति प्रिय, सन्दिप सापकोटा,चलचित्र संघका प्रदिप उदय लगायतको सहभागिता रहेको थियो। अध्यक्षका लागि प्रतिस्प्रधामा उत्रिएका राजन घिमिरेलाई १७ मतको अन्तरले पछि पार्दै समिर बलामी बिजयी भएका हुन्। बलामीले निर्वाचित भएलगत्तै सपथ पछि बोल्दै चलचित्र पत्रकारको हक हितका लागि सहकार्य गर्दै अघि बढ्ने र सबै चलचित्र पत्रकारको समस्यालाई आफ्नै समस्या ठानी यो ३ बर्षीय कार्यकाल स्वर्णिम बनाउन पहल गर्ने बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित