‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले माथि देशीविदेशी शक्ति चौतर्फी घेराबन्दीमा छन्- एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् । देशी–विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको दाबी गरे । नेकपा एमाले नेताका कारण नभई जनता र कार्यकर्ताहरुको योगदानले निर्माण भएको दाबी गर्दै उनले विपक्षीहरुले जतिसुकै कमजोर बनाउन खोजेपनि थप सशक्त भएर जनतामा जाने उल्लेख गरे ।

एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको बताए । जनजीविकाका मुद्दाहरुलाई उठाउने र राष्ट्रिय स्वाधिनका लागि जस्तोसुकै घेराबन्दी भएपनि एमाले प्रतिवाद गर्न तयार रहेको उनले बताए । मिसन ग्रासरुटको माध्यमबाट आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी अभियानमा लाग्न आग्रह गर्दै भट्टराईले जनसंगठनहरुलाई समेत थप चुस्त दुरुस्त बनाउन आवश्यक रहेको औल्याए । गत निर्वाचनको मत परिणाम लगायतका विषयलाई गम्भीर रुपमा समीक्षा गर्दै आवश्यक कुराहरुलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिट व्युरो सदस्य बैजनाथ चौधरीले एमालेलाई सिध्याउन लाग्ने शक्तिहरुका बीच आगामी निर्वाचनमा झन ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गरे । विगतका कमीकमजोरीहरुलाई सुधार गर्दै टोल, वडा तथा नगरहुँदै माथिल्लो तहसम्म पार्टी सुद्धिकरणको अवाश्यकता औल्याए । एमालेमाथि चौतर्फी घेराबन्दी भैरहेको समयमा कार्यकर्ताहरु थप सशक्त भएर संगठन विस्तारमा लाग्न उनले आग्रह गरे । यसैगरी एमाले रुपन्देही जिल्ला अध्या तेजेन्द्र केसीले एमाले निकट जन संगठनहरुलाई समेत थप व्यवस्थित र संगठित गर्न आवश्यक रहेको बताए । एमाले बुटवल नगरकमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षता तथा सचिव मेघराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित