मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

राप्रपाले उठायो लुम्बिनी प्रदेश सभामा संघियता खारेजको आवाज

लुम्बिनी प्रदेश सभाको छैटौं बैठकमा सांसदहरुले जनजिवीकाका सवालबारे सभामा आफ्नो धारणा राखेका छन् । दिउंसो १ बजे बसेको बैठकमा सांसदहरुले स्वास्थ्य विमा बापतको रकम अस्पताललाई प्रदान नभएको, किसानले समयमा मल नपाएको तथा अधुरा विकासे आयोजनाका कारण जनताले सास्ती पाएको बताएका थिए ।
त्यस्तै बैठकमा संघियता प्रतिको वितिष्ठा बढेको र संघियता खारेज गर्नुपर्ने धारणा समेत सांसदले राखेका छन् ।
सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विर बहादुर रानाले संघियताका संरचना भित्र धमिरा लाग्न थालेको र आम जनतामा संघियताप्रति वितिष्णा जागेको बताए । उनले संघियताको मर्म जनतालाई बुझाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले औचित्यपूर्ण कार्य गर्नुपर्ने बताए ।
त्यस्तै राप्रपाकी सांसद मिना कुमारी श्रेष्ठ देश आर्थिक मन्दीको चपेटामा परेको भन्दै अब संघियताको खारेजको विकल्प नभएको बताईन । उनले आर्थिक भारको चपेटाबाट देशलाई निकासको बाटोमा ल्याउन संघियतानै खारेज गर्नुपर्ने बताईन ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले स्थायी राजधानी देउखुरीका १४ वटा वडामा भएको जग्गा फुकुवाका लागि सरकारको ध्यानआर्कषण गराईन । त्यस्तै उनले जग्गा रोक्का हुंदा स्थानियको जनजिविका सञ्चालनमा कठिनाई भएको भन्दै जमिन फुकुवाको माग सरकार संग गरिन । अर्का सांसद खेम बहादुर सारुले लुम्बिनी प्रदेशको गोरवको आयोजना रहेको रामपुर– कपुरकोट सडक अन्तर्गत पर्ने पाल्पाको आर्यभ¥याजन–रामपुर सडक लामो समय देखि ममर्त नहुंदा जीर्ण भएको बताए ।
साथै उनले उक्त आयोजनालाइ बहुबर्षिय योजनामा राख्न माग समेत गरे । उनले पाल्पा नुवाकोटगढिमा रहेको सांस्कृतिक डवली सञ्चालनका लागि जिम्मेवारी प्रदान गर्न सरकारलाई आग्रह गरे ।
सभामा सांसदहरु यम बहादुर नेपाली, अम्बिका काफ्ले, राजकुमार चौधरी लगाएतले बोल्दै किसानको समस्यामा सरकार गम्भिर बन्नुपर्ने बताए । त्यस्तै सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते थप एक जना नयां मन्त्री नियुक्त गरेका थिए । दश मन्त्रालय र ११ मन्त्री छन । एक जना मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ । यस्तै बैठकमा मुख्यमन्त्री लीला गिरीको तर्फबाट स्वास्थ्यमन्त्री बिष्णु पन्थीले मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी अध्यादेश सभामा पेश गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित