निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

घमिरले आयोजनाले गरेको खुल्ला फुटवल प्रतियोगिताको उपाधि नवयुग युवा क्लव अर्जैलाई

बुटवल । देविस्थान युवा क्लव मालिका गाउँपालिका वडा नं. ७ घमिरको आयोजनामा भएको खुल्ला फुटवल प्रतियोगिताको उपाधि नवयुग युवा क्लव अर्जैले हात पारेको छ ।
मंगलबार भएको फाईनल खेलमा आयोजक देविस्थान युवा क्लव घमिर ‘ए’ लाई १–० ले हराउँदै नवयुग युवा क्लव अर्जैले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको प्रतियोगितामा अर्जैका लागि एक मात्र निर्णाय गोल सुनिल परियारले गरेका थिए ।
उपाधि हात पारेको नवयुग युवा क्लव अर्जैले नगद ६ हजार सहित मेडल र प्रमाणपत्र हात पा¥र्यो । उपविजेता बनेको आयोजक ‘ए’ले नगद ३ हजार सहित मेडल र प्रमाणपत्र हात पा¥र्यो । त्यसअघि भएको सेमिफाईलमा नवयुग युवा क्लव अर्जैले रैनादेवी युवा क्लवलाई अर्जैलाई ३–० ले हराउँदै फाईनलमा प्रवेश गरेको थियो । उक्त खेलमा नवयुग युवा क्लव अर्जैका खेलाडिहरु सन्देश पराजुली, विश्व परियार र सुरेश परियारले गोल गरेका थिए ।
प्रतियोगितामा नवयुग युवा क्लव अर्जैका गोलकिप्पर अर्जुन सुनार, डिफेन्डर सुशिल परियार, कमल परियारले उत्कृष्ट प्रदर्शन गरेको खेल संयोजक सन्देश पराजुलीले जानाकारी दिए ।
प्रतियोगिता अबधिभर नवयुग युवा क्लव अर्जैले ७ गोल गरेको थियो । विपक्षी टिमले भने नवयुग युवा क्लव अर्जैको पोष्टमा १ गोल पनि गर्न सकेनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित