तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सडक निर्माणलाई अलपत्र पारेको भन्दै बुटवलको वडा नं. ११ को कार्यालयमा स्थानिय द्वारा तालाबन्दी

सडक निर्माणको काम अलपत्र परेको भन्दै बुटवल उप–महानगरपालिकाको वडा नं. ११ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन । सडक निर्माणको कामलाई दवाव दिने उद्देश्यले स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
रंगशालादेखि एमाले चोक सम्मको करिव डेढ किलोमिटर सडक करिव ४ बर्ष पहिला निर्माण सुरु भएपनि अहिले सम्म पुरा हुन नसेपछि दवाव दिन वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानिय हरिप्रसाद कंडेलले बताए ।
स्थानीय सरकार र सडक डिभिजन कार्यालय वीच तालमेल बिना निर्माण सुरु भएको यो सडकमा खाल्डाखुल्डी, ढल र प्रदुषणले स्थानीय तथा सवारी चालकले सास्ती खेप्दै आएका छन ।
ढल बगेर सडकमा वरपर दुग्रन्ध फैलिएको समेत उहांले बताउनुभयो । उहांले सडकका बारेमा बारम्बार सडक डिभिजन कार्यालयका ध्यानआर्कषण गराएपनि माग सुनुवाई नभएको बताए ।
बुटवल उप– महानगरपालिकाका प्रमुख कार्याकारी अधिकृत टेकराज पन्थीले एमाले चोकदेखि नगरको सीमाना सम्मको सडक ७ करोडको ठेक्का सडक डिभिजनले लगाएको र काम अलपत्र पारेको जानकारी दिए । सो सडक निर्माणको लागि भन्दै उपमहानगरसँग ७ करोडको समपुरक बजेट भएपनि सडक डिभिजनले ठेक्का नतोड्दा सडक निर्माणको काम सुरु गर्न नसकिएको उनले बताए ।
वडा नंं. ११ बुटवल कै सबैभन्दा ठुलो वडा हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित