मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरको दशौँ सभा सम्पन्न, समृद्ध नगर बनाउन साझा संकल्प

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको छ । सभाले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुँजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदन मार्फत नगरपालिकाका मेयर सजरुद्धीन मुसलनमानले बताएका छ्न ।पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने मेयर मुसनलमानले बताए । मेयर मुसलनमानले पालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गरे ।

समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधी,कर्मचारी र स्थानीयहरुको सहयोग र साथ आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले बताए । साना तथा ठुलो गौरवको आयोजनालाई पुर्णता दिन नगर लागी परेको बताउदै केही योजनालाई संशोधन गदै जाने बताए ।कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजन,वडा न.१ देखि १३ सम्मका जनप्रतिनिधिहरु,कर्मचारी सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति सो सभा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित