‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

केन्द्रमा बनेको नयाँ समीकरणले के होला लुम्बिनी सरकारको भविष्य ?

राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ ।

संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । केन्द्रमा जस्तै लुम्बिनीमा पनि सत्ता साझेदार माओवादीले एमाले नेतृत्वको सरकारलाई समर्थन दिइरहने सम्भावना कम छ ।

पुरानो गठबन्धन ब्युँतिएपछि सरकार बनेको ४६ दिनमै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी संकटमा परेका छन्।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले राजनीतिक परिदृष्य असहज रूपमा अगाडि बढेको बताए । ‘राष्ट्रपति निर्वाचनसम्म एमालेले संघीय सरकार पनि नछाड्ने भनेको छ’, बरालले भने, ‘मुख्यमन्त्रीले पनि अहिलेको परिस्थिति आइसकेपछि छलफलका लागि बोलाउनुभएको छैन । राष्ट्रपति निर्वाचनपछि कांग्रेससहितको सरकार बन्छ ।

तर, कांग्रेस एमाले नेतृत्वको सरकारमा जाँदैन । त्यसपछि नयाँ परिस्थितिअनुसार अगाडि बढछौं ।’

८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । राप्रपाका जानकी प्रसाद यादव यहाँ मन्त्री छन् ।

राप्रपा संसदीय दलका नेता आशीष चौधरीले पार्टीको नीतिअनुसार सरकारबाट बाहिरिने तयारी गरेको बताए।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा, नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत र लोसपाका ३/३ स्वतन्त्र २ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् ।

प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले विकसित घटनाक्रमबाट छलफल नगरिएको बताए ।

‘नयाँ आउने घटनाक्रम देखिएका छ’, आचार्यले भने, ‘आउने घटनाक्रमलाई सामना गर्दै अगाडि बढछौं ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित