तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल मगर संघ बुटवल द्वारा फागुन १५ गते सार्वजनिक विदा दिन माग

बुटवल । नेपाल मगर संघ बुटवलले फागुन १५ मा सार्वजनिक विदा दिन माग गरेको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा दिन माग गरेको हो ।

यस्तै नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि संघले माग गरेको छ । संघकी अध्यक्ष बसन्ती साठीघरेले फागुन १५ मा सार्वजनिक विदा, लखन थापालाई राष्ट्रिय विभुति, मगर समुदायको भाषा,संस्कृति संरक्षणमा उचित वजेट र आई.एल.ओ.१६९ लगायत अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग समेत गरिन् ।

मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रितिरिवाज मात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्य स्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको अध्यक्ष साठीघरेले बताइन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने संघका प्रदेश सदस्य गोपाल चौहानले माग गरे ।

स्थापना दिवसको अवसरमा संघले फागुन १३ गते अपाङ्ग आश्रममा फलपूmल तथा खद्यान्न वितरण र १५ गते भेषभुषाको झाँकी सहित बृहत ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने संघका सचिव हेमन्त बुढाथोकीले बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष लुमबहादुर सारु मगरले आदिवासी जनजातीमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेका गुनासो गरे ।

२०६८ को जनगणना अनुसार देशभर मगर समुदायको जनसंख्या १९ लाख रहेपनि मगर संघले ३० लाख मगर रहेको दावी गर्दै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक विदा माग गर्दै आएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित