रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

प्रदिप र अभिलाषालाई बुटवलमा सम्पन्न पाँचौ राष्ट्रिय खुला लन टेनिसको उपाधि

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को पुरुष/महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६-३, ६-३, ६-२ को सेटमा जित निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिङ्गलको उपाधि अभिलाषा बिष्टले चुमिन ।

विष्टले माहिका रानालाई फाईनलमा ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाईन । प्रतियोगिताको पुरुष/महिला सिङ्गलतर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् यसैगरि ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६-२, ७-५ को सेटमा पराजित गर्दै उपाधि जिते ।

यसैगरि ५५ वर्ष उमेर पुरुष एकलको उपाधि बिमल गुरुङले हात पारेका छन् । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे । एक कार्यक्रमका बीच फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा. मनोज ढुङ्गाना, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मियाले पुरस्कार वितरण गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित