‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बोल्न थाले चन्द्र भण्डारी, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था

खाना पकाउने ग्यास सिलिण्डर लिक भएर शरीर जलेर उपचाररत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बोल्न सक्ने भएका छन् । भारत मुम्बईको नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी मंगलबारदेखि बोल्न थालेको भण्डारीका सहयोगी योगराज कंडेलले जानकारी दिएका हुन् । मंगलबार राति साढे १० बजे फेसबुक स्टाटस लेख्दै कंडेलले अब भण्डारी छिटै निको हुने उल्लेख गरेका छन् ।

कंडेलको स्टाटस जस्ताको तस्तै :

अपडेट नं – १७
मितिः ०९ फाल्गुन २०७९
समयः १०ः३० बजे राति
काउन्सिलिंग स्थानः आईबिसियू, ग्राउण्ड तला, नेशनल बर्नस् सेन्टर, नबी मम्बई, महाराष्ट्र, भारत
काउन्सिलिंग विवरण
डा. अमोल मात्रेज्यू संगको काउसिलिंगका आधारमा प्राप्त जानकारी निम्न रहेको छ ।
– आज राती ५ लिटर अक्सीजनमा मात्र राखिने भनेता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको ।
– एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको ।
– पारामिटरहरु नर्मल रहेको ।
– ज्वरो छैन –यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्दै थिए ।
– अवको काम भनेको इन्फेक्सनवाट बचाउने मात्र हो भन्दै थिए डाक्टर साव ।
म डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि चिच्चाई राख्नु भएको थियो । यहाँ मसंग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्दै हुनु हुन्थ्यो । नर्सहरुले सोधे के भनेको हो मैले भने सवै हटाउन भन्नु हुन्छ भने पछि केही समयका लागि प्रेसर मास्क हटाई दिए नर्सहरुले । मैले सोधे किन आज यस्तो वहाँमा छटपटाहट छ त भन्दा डाक्टरले भन्नु भयो आज डे«सिंग चेन्ज गरेको कारण उहाँलाई दुखि रहेको छ सधै पेन किलर नदिने भनेर आज दिएका छैनौं भन्दै थिए ।
चिन्ता गर्नु पर्ने कुनै विषय छैन तर घाउहरु निको हुन समय लाग्छ । सवै ठिक छ, आँखाहरु टाठा छन् साथै छिटो सञ्चो हुने आत्मवल देखिन्छ ।

अस्पताल परिसर,
एैरोली, नवी मुम्बई, भारतबाट
योगराज कंडेल
सम्पर्क नं ९१–९८२०३७४६१७
९७७– ९८५१०२९३३३ व्हाट्एप, भाइवरका लागि

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित