मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सगरहवामा हुने मूर्तीकार्यशाला प्रभावकारी बनाउन विज्ञसँग छलफल

लुम्बिनी ।
आगामि फागुन २३ गतेदेखि ऐतिहासिक बुद्धस्थल सगरगहवामा गरिने कपिलबस्तु राष्ट्रिय मूर्तीकार्यशालालाई प्रभावकारी बनाउन तयारी थालिएको छ । लुम्बिनी विकास कोषले प्रस्तर मूर्तीकार्यशालाका लागि सगरहवाको ऐतिहासिक र बुद्धजीवनीसँग जोडेर बिषयस्तुको छनौट गर्न विज्ञ समूहसँग छलफल गरेको छ ।
बुद्धजीवनसँग जोडेर सगरहवाको कथालाई प्रस्तर (ढुंगा) मा उजागर गर्ने गरि ‘थिम’ निर्माण गर्नुपर्ने विज्ञहरुको निष्र्कष छ । लुम्बिनी विकास कोषमा बसेको विज्ञ समूहको बैठकले मूर्ती निर्माणका लागि सगरहवाको थिम निर्माण गरि अन्य व्यवस्थापकीय कामहरु सम्पन्न गर्ने निर्णय गरेको छ । मूर्तीकार छनौट गर्ने, मूर्ती कार्यशालाको स्थलका लागि पुरातात्व विभाग र स्थानीय सरकारसँग समन्वयन गर्ने, कार्यशालाको लोगो निर्माण गर्ने निर्णय गरेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।
यस्तै कार्यशालाको आवश्यक निर्णयका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यकारिणी सदस्य नरेशप्रसाद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, पर्यटन विकास परिषदका निर्देशक रामु जोशी र कोष तिलौराकोट प्रमुख माधव प्रसाद आचार्य सदस्य सचिव रहने गरि सचिवालय गठन गरेको छ ।
कपिलबस्तु नगरपालिका वडा न. ९ मा रहेको सहगरहवालाई केन्द्रमा राखेर प्रस्तर मूर्तीकार्यशाला हुने भएको हो । आगामि फागुन १५ गते सचिवालय बैठक बस्ने कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले बताए ।
बैठकमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहार, परिषद सदस्य गोपीकृष्ण शर्मा, विज्ञ समितिका संयोजक पोम नारायण पौडेल, डम्बर शर्मा, गुणाखर गैरे, चर्तुजुज पाण्डे, डा. गिरी पन्थी, युवराज केसी, विजय क्षेत्री, प्राज्ञ गोविन्द चौधरी, प्राज्ञ यम थापा, पत्रकार मनोज पौडेल, पत्रकार नरेस केसी लगायतको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित