तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धार्थनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण थालियो

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मंगलबारदेखि तीन दिने बन्ध्याकरण शिविर सुरू भएको छ । रेबिजको प्रकोप न्यूनिकरण र सामुदायिक कुकुरको संख्या कम गर्न नगरपालिकाले बन्ध्याकरण शिविर सुरु गरेको हो ।

नगर क्षेत्रमा देखा परेका भाले र पोथी सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइ गाडीबाट शिविरस्थलमा ल्याइ लठ्याएर बन्ध्याकरण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सामुदायिक कुकुर बन्ध्याकरणको क्षेत्रमा सन् २०१० देखि नेपालमा कार्यरत संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको सिद्धार्थनगरनगर पालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानाकारी दिए ।

उनले एक वर्षसम्मका लागि हुने गरी रेबिजविरूद्धको सुई लगाइदिएपछि कुकरलाई यथास्थानमै छाडिदिने र ती कुकुरको पहिचानका लागि देब्रे कानमा यु आकारले चिर्ने गरिएको बताए ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईले शिविर अवधिमा न्यूनतम पनि १ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार यो शिविरका लागि ट्रष्टबाट तीन जना पशु चिकित्सक, प्राविधिकसहित १२ जनाको जनशक्ति खटिएको छ ।

प्रति कुकुर २ हजार रुपैयाँमा बन्ध्याकरण र रेबिज भ्याक्सिन लगाउने गरी ट्रष्टसँग भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सम्झौता भएको हो ।

सामुदायिक कुकुरको संख्या कम गरी रेबिजको प्रकोप न्यूनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आरवका लागि २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले अर्को वर्षदेखि नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेबिज भ्याक्सिनका लागि प्रत्येक वडा वडामा योजना सञ्चालन गरिने बताए ।

सन् २०३० सम्ममा विश्वबाट रेविज उन्मूलन गर्ने अभियान सञ्चालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित