मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

१ करोड पुरस्कार रहेको मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल अडिसन बुधवार

पहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल फिल्ड अडिसन बुधवार हुने भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिला नेपाली अन्तर्राष्ट्रिय रियालिटी सो ’मेरो भ्वाइस यूनिभर मेरो डान्स यूनिभर्सको फिल्ड अडिसनको हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै रियालिटी सो का निर्देशक एलिन श्रेष्ठले फिल्ड अडिसन नेपालको विभिन्न सहर सँगै इन्डियाको सिलिगुरीमा हुने बताउँदै बुटवलमा फागुन १० गते बुधवार हुने जानकारी दिए । उनका अनुसार नेपालगन्जमा फागुन ६ गते भैसकेको छ भने अब सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमान्डौमा फागुन २७२ २८ हुनेछ ।
फिल्ड अडिसनमा कुनै शुल्क नलाग्ने बताउँदै उनले आफ्नो उमेर १८ वर्ष कटेको खुल्ने नेपाली कागजात लिएर बुटवलको कान्ति स्कुलमा उपस्थिति हुने आग्रह गरे । उनका अनुसार फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौँ गएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा बोल्दै इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका बोर्ड मेम्बर निस्क शर्माले ’मेरो भ्वाइस यूनिभर्स’ र मेरो डान्स यूनिभर्स दुबैका विजेतारुले नेपाली एक/एक करोड रुपियाँ पुरस्कार, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिए ।
उनका अनुसार डान्स यूनिभर्स अन्तरगतको संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । ’मेरो भ्वाइस यूनिभर्स’को निणर्ायक मण्डलमा सुरेश अधिकारी शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान र साथै मेरो डान्स युनिभर्सको निणर्ायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने बुटवल अडिसन संयोजक शिव सुबेदीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित