‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

किन अझै जिम्मेवारी लिन तयार भएकी छैनन् मन्त्री के.सी ?

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीमा नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले मन्त्रालयको जिम्मेवारी पाएको एक साताभन्दा पनि धेरै भएपनि अझै जिम्मेवारी सम्हालेकी छैनन्।

उनलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। केसीले पार्टीभित्र छलफल नगरी दलको नेताले मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै मन्त्रालयको जिम्मेवारी सम्हालेकी छैनन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले तीनसदस्यीय मन्त्रिपरिषद् बनाउँदा केसीलाई विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए। गिरीले त्यसको एक महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई मन्त्रालयको जिम्मेवारी तोके पनि मन्त्रालय सम्हालेकी छैनन्।

मन्त्री केसीले पार्टीभित्र र संसदीय दलको बैठकमा कुनै छलफल नगरी दलका नेताले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै मन्त्रालय नसम्हालेको बताइन्।

‘रोजेको मन्त्रालय नपाएको भन्ने हल्ला हो, मेरो असन्तुष्टि भनेको पार्टीभित्र र दलको बैठकमा छलफल भएन भन्ने नै हो,’ उनले भनिन्। पार्टीको प्रदेश कमिटीको बैठकमा यसबारेमा गम्भीर छलफल भएको भन्दै अब केही दिनभित्र बस्ने संसदीय दलको बैठकमा छलफल हुने र कुनै निष्कर्षमा पुग्ने उनले बताइन्।

यहाँ माओवादी केन्द्रका नेता जोखबहादुर महरा आर्थिक मामिला, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भौतिक पूर्वाधार विकास, नेकपा एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्य र माओवादीकी कृष्णा केसी आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री छन्।

यस्तै, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित