रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

बुटवल । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ ।
कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोश्रो भयो । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।
न्यु होराइजन माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जित्दै तृतीय भएको छ ।
कान्ति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत, ८ कास्य सहित ११ पदक, एभरेष्ट बोर्डि?ले २ स्वर्ण, १ कास्य पदक जितेको छ ।
दीप बोर्डि?ले १ स्वर्ण, ५ रजत, ५ कास्यसहित ११, इडन बोर्डि?ले १ स्वर्ण, २ कास्य, सिद्धार्थ गौतम बुद्धले १ स्वर्ण, नहरपुर माविले १ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेको छ ।
त्रिभुवन युनाइटेडले १ स्वर्ण, अक्सफोर्ड माविले १ स्वर्ण, २ रजत र ७ कास्य, एलबी नमूनाले १ रजत, उजिरसिंह माविले १ रजत, २ कास्य, सिद्धेश्वर लालकुमारी माविले १ रजत पदक जितेको छ ।
यस्तै लुम्बिनी बोर्डिले १ कास्य, ज्ञानोदयले १ कास्य, ग्लोरी बोर्डि?ले २ कास्य, नवरत्न माविले ५ कास्य, गार्गी एकेडेमीले २ स्वर्ण, १ रजत, ५ कास्यपदक जितेको छ ।

अन्नपूर्ण माविले १ स्वर्ण, १ रजत, १ कास्यपदक जितेको छ । मणिमुकन्द माविले २ रजत, १ कास्य, भवानी मावि १ रजत, मोतीपूर मावि २ कास्य, ज्ञानपुञ्ज माविले १ कास्य पदक जितेको हो ।
विजेता र उपबिजेताहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिल्ड, प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो ।
पुरस्कार हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले बुटवलबाट राष्टिय अन्तरराष्टिय स्तरमा सहभागी हुने गरी क्षमता विकासका लागि सहयोग गर्ने बताए ।
उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडीहरुको बीमा र नगदसहितको व्यवस्था गरिएको बताए । उनले बुटवललाई खेलका माध्यमबाट राष्टियस्तरमा परिचित गराउने गरी लाग्न खेलक्षेत्रका अगुवाहरुलाई आग्रह गरे ।
प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागी भएको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी भएको उनले बताए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिएको प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित