तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईलाई

बुटवल। नेपाली सेना दिवसको अवसरमा मध्य पश्चिम पृतना हेडक्वाटर र श्री नम्बर २२ बाहिनी अडडाको संयुक्त आयोजना शनिबार बुटवलमा आयोजित खुला पुरूष÷महिला खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईले जितेका छन् । त्यस्तै द्धितीय सुशीलकुमार शाही र तृतीय जितेन्द्र दनुवार भए । २१ किलोमिटर उक्त दौडको प्रथम पुरस्कार ४० हजार द्धितीयको २५ हजार र तृतीयका १५ हजार रहेको छ ।
त्यस्तै १० किलोमिटरतर्फको दौडमा खगेन्द्र रानाभाट प्रथम भएका छन । त्यस्तै द्धितीय संजीत नेपाली र तृतीय रमेश सिजापती भए । उनीहरुले क्रमस पुरस्कार १५ हजार, १० हजार ५ हजार प्राप्त गरे । त्यस्तैगरी १० किलोमिटर महिलातर्फ गीता विक प्रथम, निर्मला केसी द्धितीय र धनमाया बोहरा तृतीय भए ।

उनीहरुले क्रमस १५ हजार, १० हजार र ५ हजार पुरस्करा प्राप्त गरे । २१ किलोमिटर दौड देवदहको पिपलबोटदेखि जितगढी किल्लासम्म थियो भने, १० किलोमिटर दौड जितगढी किल्लाबाट नयाँगाउँ हुदै जितगढीसम्म थियो । प्रतियोगितामा ५०० जना सहभागी रहेको मध्य पश्चिम पृतना हेडक्वाटरका प्रमुख उपरथी यामप्रसाद ढकालले जानकारी दिए । विजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार वितरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित