
पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल, पाल्पा, सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निमार्ण गर्न प्ररम्भिक चरणको काम सुरु गरिएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बनाउनु अघि निर्माण कम्पनीले डिजाइन गर्ने तथा निर्माण स्थलमा गर्नुपर्ने अन्य काम गरिरहेको जनाएको छ ।
केहीमहिना अघि डिजाइन सकेर स्वीकृति पछि सुरुङ मार्ग निमार्णको काम प्रारम्भ भएको हो अहिले सुरुङ्क मार्ग निर्माणका लागि सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर हेडबक्स भन्ने ठाउमा ड्राइभर्सन सडक बनाउने काम सुरु भएको छ । यो ठाँउ सुरुङ्कको निकास क्षेत्र हो । सिद्धबाबा मन्दिर परिसर सुरङको सूरुको क्षेत्र हो । यस कामको जिम्मा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेसन लिमीटेडले पाएको छ ।
निर्माणमा संलग्न ठेकेदार तर्फका ट्रान्सलेटर सागर अधिकारी सुरुङ मार्ग निर्माणको बाटो बनाउने काम भइरहेको जानकारी दिदै यो सुरुङ ११ सय २६ मिटर लामो हुने बताए ।
यो आयोजनाका लागि करिव साढे ७ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सिद्धबाबा क्षेत्रमा एक हजार १ हजार १ सय २६ मिटरको सुरुङ मार्गब नाउने सम्झौता उल्लेख छ ।
सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरो छिचोल्दै यात्रुले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । लामो समयदेखि यात्रुले यो क्षेत्रमा खस्ने पहिरोबाट जोगिन सुरुङ मार्ग बनाउनु पर्ने माग गर्दै आएका थिए । तर तल्लो सिद्धबाबादेखि नै जोखिम भएकोले यो सुरुङ मार्ग अलि सानो दुरिको भएको स्थानीयले वताउन थालेका छन् ।
यो क्षेत्रमा हिउद र बर्षामा हरेक बर्ष माथिबाट खसेको पहिरोका कारण कैयौ यात्रुले ज्यान गृमाउदै आउनुका साथै घाइतेहुनु पर्ने बााध्यता रहेकोछ । सुरुङमार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङजा, पोखरा, बागलुङलगाएतका क्षेत्रको यात्रा गर्न सहज हुने आसा गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा सुरु भएको यो सुरुङमार्ग करिव साढे ३ बर्षमा सकिने बताईएको छ ।