तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन

लुम्बिनी।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले विहिबार कपिलबस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो । टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको स्थल अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलबस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवद्र्धन गर्ने गरि अन्य विकास गर्ने गरि योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए । मन्त्री पन्थीले बुद्धस्थललाई जोडेर पर्यटक आर्कषित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने गरि पहल भइरहेको बताए । संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र अन्र्तराष्ट्रिय दातृ निकायलाई जोडेर कपिलबस्तुका बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले बताए । मन्त्री पन्थीले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापना गरिने बताए ।

उक्त टोलीमा बुद्धमूर्ती स्थापना गर्ने दातृ निकाय वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्जको समेत उपस्थिती थियो । एसोसिशनले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापनाको प्रस्ताव ल्याएको छ ।

उक्त प्रस्तावपछि मन्त्री सहितको टोलीले कपिलबस्तु नगरपालिका वडा न. ९ स्थित बाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ती स्थल हुनसक्ने भन्दै देखाइएको छ । नदी उकास क्षेत्रको अवलोकनअघि कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो। त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो । सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलबस्तु राष्ट्रिय मूर्तीकलाका कार्यशला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ ।

मन्त्री पन्थी सहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पूरातात्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलबस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलबस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित