‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

आज लुम्बिनी प्रदेश सरकार स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

मुलुक संघीय संरचनामा गएपछि लुम्बिनी प्रदेश सरकार स्थापना भएको दिन हो, आज । यो अवसरमा प्रदेश सरकारले स्थापना दिवस मनाउने भएको छ। बुधबार दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समारोहको आयोजना गरेर दिवस मनाउने तयारी छ ।

२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियो। यो पाँच वर्षको अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन्। मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन्।

२०७८ साउन २७ गते तत्कालीन एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार विस्थापन गरी कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै लुम्बिनीमा मन्त्रालयको संख्या बढाइएको थियो। २०७४ को निर्वाचनपछि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैँसँग राखेर पाँचवटा मन्त्रीसहितको मन्त्रिपरिषद् बनाए।

पछि राजनीतिक उत्तारचढावसँगै नौ मन्त्रालय र एक राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिमण्डल बनेको थियो। नेकपा माओवादीका केसी मुख्यमन्त्री भएपछि भागबन्डा पुर्‍‍याउन नौबाट मन्त्रालयको संख्या बढाएर १३ र चार राज्यमन्त्री गरेर १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनेको थियो।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ।

मुख्यमन्त्री लीला गिरीले अवको पाँच बर्ष जनताको जिविकोपार्जन बढाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

‘पहिलो कार्यकालको पाँच वर्ष प्रदेशको जग बसाल्ने काम भयो’, उनले भने, ‘अबको पाँच वर्ष विकास र जनताको जीवनस्तर उठाउन केन्द्रित हुन्छौँ।’ उनले संघीयतालाई बलियो बनाउँदै जनभावना अनुसार सरकारले काम गर्ने जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित