
पाल्पा । यस बर्षको प्रणयव दिव अर्थात भ्यालेनटाइन डे भव्य रुपमा मनाउन प्रेमी प्रेमिका, नव जोडीहरु प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवारमा पुगेका छन । प्रणयव दिवशको अवशरमा प्रेमको प्रतिक रानीमहलमा पुगेका प्रेमी प्रेमिकाहरुको जोडीहरु लाई तानसेन नगरपालिकाले भव्य रुपमा स्वागत गरेको छ । प्रणयव दिवश लाई लक्षित गरेर तानसेन नगरपालिकाले रानीमहल क्षेत्रमा विशेष सरसफाई देखी रंग रोगन गरेर चिटिक्क बनाएको छ ।
धार्मिक एतिहासिक र पर्यटकीय रुपमा रहेको कालीगण्डकीको तिरमा रहेको रानीमहल दरवार प्रेमको प्रतिकको रुपमा परिचित रहेको छ । भ्यालेनटाइन डे को महत्व नेपालमा प्रतेक बर्ष बढ्दै गएकोले तानसेन नगरपालिका, स्वदेशी विदेशी गरी २५ जोडी प्रेमी प्रेमिकाहरु लाई विशेष सम्मानका साथ गुलाफको फूल आदान प्रदान, रिङ सेरोमनी कार्यक्रम गरेको छ ।
छिमेकी देश भारतमा प्रेमको प्रतिक रानीमहल र उत्तर गंगाको बारेमा विशेष प्रचार गर्न भारतीय प्रेमी प्रेमीकाहरु लाई रानीमहलको जानकारी गराउन नाटा लुम्विनीको सहयोगमा आधा दर्जन भन्दा बढी भारतीय जोडीहरु रानीमहलमा पुगी गुलाफ साटाराट गरी प्रणयव दिवश मनाएका छन । उत्तर बाहिनी कालीगंगाको तिरमा बनेको प्रेमको प्रतिकमा जोडी भएर घुम्न पाउदा खुसी लागको भारत सुनौलीका दिपचन गुप्ताले बताए ।
प्रणयव दिवशको अवशरमा रानीमहल क्षेत्रमा अधिकाश होटल रेष्टुरा तथा क्याम्प फायरमा प्याकेजमा फागुन १ गते ७ गते सम्म २० प्रतिशत छुट प्रदान गरेका छन । भ्यालेनटाइन डे मनाउन प्रेमी प्रेमीकाहरु रानीमहल क्षेत्रमा पुगेका छन । प्रणयव दिवशको अवशरमा रानीमहल दरवारमा आई प्रेम साटा साट गर्न पाउदा जिवन सफल भएको महशुस भएको पोखरा बाट आएका संगिताको जोडीले बताए ।
सदरमुकाम तानसेन देखी आधा घण्टामा प्रेमको प्रतिक रानीमहलमा पुग्न सकिने, बाटो पिच र सजिलो भएकोले पर्यटकहरुको रोजाईमा रानीमहल पर्ने गरेको छ । युवा युवती मात्र होईन ८० बर्ष भन्दा माथी उमेरकी काठमाडौकी बुद्धिमाया महर्जन पनी श्रीमानको साथ प्रणयव दिवश मनाउन रानीमहल पुगेकी छन ।
रानीमहल दरवार निर्माण कालीगण्डकी उत्तरबाहिनी क्षेत्र रोजेर वास्तुशास्त्र विधी अनुसार भएकोले धार्मिक रुपमा पनि विशेष महत्व रहेको छ । कालीगण्डकी नदी मुक्तिनाथ देखी पाल्पामा निरन्तर बहदा रानीमहल क्षेत्रमा मात्र दक्षिण बाट उत्तर तर्फको बगेको पाईन्छ । हिन्दु धर्ममा उत्तरबाहिनी गंगाको विशेष महत्व रहने गरेको छ । प्रेमको प्रतिक रानीमहलको देश विदेशमा प्रचार प्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउन नाटा लुम्विनीले तानसने नगरपालिकाको सहकार्यमा यो अभियान शुरु गरेको नाटा लुम्विनीका अध्यक्ष बरुण ज्ञवालीले बताए ।
राणा खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरवार निर्माण गरेका हुन । राणा खड्ग शमशेरले विस १९४९ साल देखी रानीमहल दरवारको निर्माण शुरु गरी ६ बर्ष लगाएर विस १९५५ मा पुरा गरेका थिए । वेलायती दरवार शैलीमा निर्माण गरिएको प्रेमको प्रतिक रानीमहल पुग्ने प्रेम जोडीहरु लाई बस्न, मिठा मिठाकुरा कानी गर्न, विभिन्न आनन्द लिनको लागी दरवार परिसरमै विभिन्न फुलवारी बगैचा, मन्दिर, रहेका छन । लुम्विनी प्रदेश सरकारले प्रेमको प्रतिक रानीमहल लाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा राखेको छ ।