तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

८० सालमा ३५ वटा विवाहको लगन, कुन महिनामा कति?

आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्।

वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी ३५ वटा विवाहको लगन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९ गतेपछि मात्र शुभ कार्यका लगन छन्। यस महिनाको १९, २०, २७ र २८ गते विवाहको लगन छ।

जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते तथा असारमा ७, ८ र ११ गरी तीन दिन विवाहको लगन छ।

यस्तै, विवाहको मुख्य सिजन मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते लगन भएको घिमिरेले बताए। माघमा २, १६, १७, २१, २३ र २९ तथा फागुनमा १९, २१, २२, २३ र २४ गरी पाँच दिन लगन छन्।

त्यसैगरी, ब्रतबन्धका भने जम्मा ९ वटा मात्र लगन छन्। वैशाखमा १, जेठमा ४, असारमा १ र चैतमा तीन दिनमात्र ब्रतबन्धको लगन रहेको उनले जानकारी दिए।

वैशाखको ७ गते मातातीर्थ औंसी रहेको आगामी वर्ष बुद्ध जयन्ती वैशाख २२ गते परेको छ। साउनमा मलमास भएकाले कुनै चाडपर्व र व्रतहरू छैन। यद्यपि मलमासकै व्रत भने लिन हुने घिमिरेले बताए।

आगामी वर्ष भदौ १४ गते जनैपूर्णिमा र २८ गते कुशेऔंसी परेको छ। असोजको १ गते हरितालिका तीज, २ गते ऋषिपञ्चमी व्रत, ११ गते इन्द्रजात्रा रहनेछ भने १३ गतेबाट सोह्रश्राद्ध सुरु भइ २७ गते सकिन्छ।

असोजकै २८ गते घटस्थापना पर्दा कात्तिक ७ गते विजया दशमीको टीकाकाे साइत जुरेको छ। ११ गते कोजाग्रत पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहणसमेत लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

कात्तिकको २९ गते तिहारको भाइटीका पर्दा मंसिर ३ गते छठ पर्व छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित