बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

८० सालमा ३५ वटा विवाहको लगन, कुन महिनामा कति?

आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्।

वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी ३५ वटा विवाहको लगन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९ गतेपछि मात्र शुभ कार्यका लगन छन्। यस महिनाको १९, २०, २७ र २८ गते विवाहको लगन छ।

जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते तथा असारमा ७, ८ र ११ गरी तीन दिन विवाहको लगन छ।

यस्तै, विवाहको मुख्य सिजन मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते लगन भएको घिमिरेले बताए। माघमा २, १६, १७, २१, २३ र २९ तथा फागुनमा १९, २१, २२, २३ र २४ गरी पाँच दिन लगन छन्।

त्यसैगरी, ब्रतबन्धका भने जम्मा ९ वटा मात्र लगन छन्। वैशाखमा १, जेठमा ४, असारमा १ र चैतमा तीन दिनमात्र ब्रतबन्धको लगन रहेको उनले जानकारी दिए।

वैशाखको ७ गते मातातीर्थ औंसी रहेको आगामी वर्ष बुद्ध जयन्ती वैशाख २२ गते परेको छ। साउनमा मलमास भएकाले कुनै चाडपर्व र व्रतहरू छैन। यद्यपि मलमासकै व्रत भने लिन हुने घिमिरेले बताए।

आगामी वर्ष भदौ १४ गते जनैपूर्णिमा र २८ गते कुशेऔंसी परेको छ। असोजको १ गते हरितालिका तीज, २ गते ऋषिपञ्चमी व्रत, ११ गते इन्द्रजात्रा रहनेछ भने १३ गतेबाट सोह्रश्राद्ध सुरु भइ २७ गते सकिन्छ।

असोजकै २८ गते घटस्थापना पर्दा कात्तिक ७ गते विजया दशमीको टीकाकाे साइत जुरेको छ। ११ गते कोजाग्रत पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहणसमेत लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

कात्तिकको २९ गते तिहारको भाइटीका पर्दा मंसिर ३ गते छठ पर्व छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार