अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

राम शरण श्रेष्ठका प्रेम दिवस विशेष गजलहरु

प्रेम दिवश विशेष गजल एक (१)
नजिक सर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

जति मयाँ गर्छौ तिमी त्यो भन्दा बढी तिमीलाई
मायाँ गर्ने कोहि भए प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

साथी मध्ये त्यस्तो मिल्ने तिमी प्रति अति पागल
चैन हर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

नबोलेरै कति कति आँखा आँखा बाट मुटु
मायाँ भर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

पवित्र प्रेम साइनो कहिल्यै नछुदिने बाचा गर्दै
ज्यूने मर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

शुःख दुःख सँगै काट्न आँधि भेल जिन्दगीको
जँघार तर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।

सन्बन्धको नयाँ सुरुवात रातो गुलाफ बाट गर्दै
खुसि छर्ने कोहि भए प्रस्ताब राख्नु प्रेम दिवसमा ।।


प्रेम दिवश विशेष गजल दुई (२)

यसैपाली आँट्नुपर्ला जे जे होला होला ।।
प्रेम प्रस्ताव राख्नुपर्ला जे जे होला होला ।।

सुरुवात त गर्नै पर्छ जस्ले गरे पनि
आफै कुरा थाल्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवस मौका पारि मनको कुरा खोल्छु
माने सँगै बाँच्नुपर्ला जे जे होला होला ।।

जिन्दगीको नयाँ यात्रा, थाल्न सहयात्री
उस्को साथ माग्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवश विशेष गजल तिन (३)
कतिको प्रेम चल्यो होला प्रेम दिवसमा ।।
कतिको दिल जल्यो होला प्रेम दिवसमा ।।

अस्विकृत भए होलान् कति प्रेम प्रस्तावहरु
कलिलैमा कति सपना ढल्यो होला प्रेम दिवसमा ।।

कोहि अन्र्तमुखी कोहि बर्हिमुखि हुँदा यहाँ
भाग्यले कतिलाई छल्यो होला प्रेम दिवसमा ।।

कोहि भने वषौंदेखि प्रतिक्षामा बस्दै होलान
पर्खाइमा कति मन गल्यो होला प्रेम दिवसमा ।।

मिल्यो होला कतिलाई ज्यूने मर्ने साहारानी
कति नयाँ प्रेम ज्योति बल्यो होला प्रेम दिवसमा ।।

सिलसिला यस्तै यस्तै चल्दै होला वषौं देखि
कतै झर्यो कतै फूल्यो फल्यो होला प्रेम दिवसमा ।।

प्रेम दिवश विशेष गजल चार (४)
प्रेम दिवसमा प्रेमै प्रेम जोडिएला मन कतै ।।
चकनाचुर कति सपना तोडिएला मन कतै ।।

पाउलान कतिले नयाँ साथी नयाँ जिवन
टुक्रिएला कतै मुटु, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा मल जल गर्नुपर्छ
झुक्किएर जरै सित, गोडिएला मन कतै ।।

कति होला प्रणयमा, रम्दै आनान्दमा मस्त
कतै आँसु धरधरी फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलाफ सँगै विशेष उपहार
लिँदै दिँदै मन साट्दा छोडिएला मन कतै ।।

नहोस् विछोड कसैको,गाह्रो बाँच्न एक्लै एक्लै
होसगर्नु मन दुख्ला चुँडिएला मन कतै ।।

प्रेम दिवश विशेष गजल पाँच (५)
तिम्लाई लिन तिम्रै घर, आउलानी प्रेम दिवसमा ।।
तिमी र म कतै घुम्न, जाउँलानी प्रेम दिवसमा ।।

हाम्रो मायाँ देखि कति, जल्छन् जल्ने जल्दै गरुन
खुलेआम हामी मायाँ लाउँलानी प्रेम दिवसमा ।।

तिमी अनि म मात्र, कोहि हुन्नन् त्यहाँ अरु
एकअर्काको धड्कन समिप, पाउँलानि प्रेम दिवसमा ।।

तिम्रो साथ पाएदेखि जिन्दगीनै स्वर्ग भाछ
डुब्न देउ आँखाभरी बसाउँलानी प्रेम दिवसमा ।।

दुई प्राण एकै भयो एकै धड्कन दुइमुटुको
नछुटिने प्रेमको गीत गाउँलानी प्रेम दिवसमा ।।

तिमी हुँदा समिप मेरो थाहै हुन्न दिन ढलेको
दुबै हाँसी दिनभर रमाउँलानी प्रेम दिवसमा ।।

प्रणयमा तिमी र म मायाँ गर्दै मायाँ साट्दै
एकै हुने बाचा कसम खाउँलानी प्रेम दिवसमा ।।

आआफ्ना मनका कुरा सबै पोख्दै एकअर्कामा
मायाँ मुटु मन भरी छाउँलानी प्रेम दिवसमा ।।

यादगार बनाउँ मिलन भेट हामी दुइ प्रेमिको
प्रणयमा एक उत्सब मनाउँलानी प्रेम दिवसमा ।।

प्रेम दिवश विशेष गजल छ (६)

मन पर्नेलाई प्रस्ताव राख्दैछु ।।
मायाँ गर्नेलाई प्रस्ताव राख्दैछु ।।

प्रेम दिवसमा, रातो गुलाब दिई
मुटुमा सर्नेलाई प्रस्ताव राख्दैछु ।।

सुटुक्क चोरेर मन पागल बनाई
चैन हर्नेलाई प्रस्ताव राख्दैछु ।।

मेरो शुःख दुःखमा सहारा बनेर
खुसि छर्नेलाई प्रस्ताव राख्दैछु ।।

सर्बस्व ठानेर मलाई सधै साथ
ज्यूने मर्नेलाई प्रस्ताव राख्दैछु ।।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार