रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर आज लाईभ कन्सर्ट

बुटवल । एचआईभि एड्सको न्यूनिकरण र कण्डमको प्रचारप्रसार स्वरुप बुटवलमा म्युजिक लाइभ कन्सर्ट गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा आज साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको हो ।
एड्स हेल्थ फाउण्डेसनको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले जानकारी दिए ।

कण्डमको विषयमा जनचेतना जगाउन साँझ ४ देखि ८ बजेसम्म सञ्चालन गरिने कन्सर्टमा साउण्ड वेभ व्याण्ड, व्लु डायमण्ड सोसाईटि, न्यू सत्यसाई कला केन्द्र लगायतको प्रस्तुती रहने छ । त्यस्तै एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन गरिने छ भने कण्डम वितरण र कण्डम सम्बन्धि विभिन्न खेलहरु खेलाईने एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए ।

उनका अनुसार नेपालमा प्रत्येक दिन नयाँ दुई जनामा एचआईभि संक्रमण हुन्छ । त्यस्तै सन् २०२१ को अन्तसम्ममा नेपालमा ३० हजार व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान गरिएको छ । त्यसमध्ये २३ हजार ७३५ जना पहिचान गरिएको छ । सन् २०२१ मा ६८० जना नयाँ व्यक्तिमा संक्रमण भएको अनुमान गरिएको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो । सन् २००० मा ४ हजार ३७० नयाँ व्यक्तिमा संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्ममा विश्वमा ३ करोज ८४ लाख व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जनाले नियमित औषधि सेवन गर्दछन् । त्यसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी १ हजार ४७० र सबैभन्दा कम रोल्पामा ४४ जना छन् । त्यस्तै २०७८र०७९ मा लुम्बिनी प्रदेशमा ९८ हजार ४७६ जना गर्भवती महिलामा गरिएको परीक्षणमा एचआईभि संक्रमण भेटिएको थियो । एचआईभि एड्सको न्यूनिकरण गर्दै शुल्यमा झार्नको लागि असुरक्षित यौन सम्पर्क नहोस भन्ने उद्देश्यले कण्डमको पवर्द्धनात्मक अभियान स्वरुप कन्सर्ट गर्न लागिएको भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार