भोलि देशभरि सार्वजनिक बिदा

सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ।

माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार