लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा,नगरप्रमुखले उद्घाटन गर्ने

तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाको वडा नम्बर-४ स्थित जनज्योती खेल मैदानमा भोली फागुन १ गते देखि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो। राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको खेलकुद संचालन समितिका सदस्य तथा व्यवस्थापक दिपक खनालले बताए ।

चौथो  राष्ट्रपति रनिङ्ग शिल्डको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यलेले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई  विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।

यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै बिद्यालय, बिद्यार्थी तथा अभिवावकहरु र खेलप्रेमी महानुभावहरुलाई सो प्रतियोगितालाई आ आफ्नो तवरबाट सहभागिता जनाई सहयोग गर्न आग्रह समेत गरेका छन्।

प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउनेछन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ ।प्रतियोगितामा भलिबल,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ति अंग्रेजी माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिपक खनालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित