तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

साना किसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

तिलोत्तमा ।  देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको बिउ तथा बेर्ना बितरण गरेको हो । संस्थाका सदस्यहरुलाई २ वटा निशुल्क र अन्य बिरुवामा सहुलियत तथा गैर सदस्यलाई ५० प्रतिशत सहुलियतमा कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ तथा बेर्ना वितरण गरिएको थियो ।

कृषकहरुको आत्मनिर्भरता र तरकारी बिक्री तथा उत्पादनबाट आर्थिक आय स्रोतमा बृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न थरीका हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहकि अध्यक्ष टिका न्यौपानेले जानकारी दिईन। उनका अनुसार लौका, खरभुजा,काँक्रा, करेला, बोडी, भिन्डी, फर्सी र खुर्सानी लगायतका बेर्ना गरी १० थरीको हाईब्रेड तथा लोेकल जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको हो । ‘कृषकहरुले निः शुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन अध्यक्ष न्यौपानेले आग्रह समेत गरिन् । ‘प्रविधि युक्त खेती प्रणालीमा जव सम्म किसानहरु जान सक्नु हुन्न तव सम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित