जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन एमाले रुपन्देहीको अधिवेशन जेठमा नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक                
समाचार :

बुटवलको कृषि मेला पहिलो पटक ‘बंगुर फेष्टीभल हुदै’

बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । यहि फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको रुपमा पोर्क फेस्टिवललाई लिईएको छ ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गर्न लागिएको मेलामा पोर्क फेस्टिवल सहित कृषिमा आधुनिक प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल तथा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने मेलाको बारेमा जानकारी गराउन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला मुल समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी दिए ।
गैरनाफामुलक यो मेलामा ५० वटा स्टल रहने छने भने २५ हजार जना अवलोकन कर्ताले अवलोकन गर्ने लक्ष्य लिईएको छ ।
कृषि बस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिवल आयोजना गरिएको बताए । त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने छ । खाने प्रबृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
मेलामा १३ वटा स्टल पोर्क फेस्टिवलको लागि छुट्याईएको छ । जसमा ९ प्रकारका चाईनिज सहित बंगुरको मासुबाट बनेका २१ परिकार पस्किने बंगुर व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सुर्यवंसीले जानकारी दिए ।
त्यस्तै कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ । त्यसैगरी ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रदर्शन गरिने कृषि मेला समन्वय समितिका संयोजक बसन्तप्रसाद ढकालले बताए ।
मेलामा कृषि, खाद्य प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले कृषि सेवा, फलफूलका बिरुवा तथा जानकारी, मत्स्य तथा पशुपालन सम्बन्धि जानकारी एवं परामर्श प्रदान गर्ने छन् । कृषिको व्यवसायिक विकासको लागि मन्त्रालयले निजी क्षेत्रसंग सहकार्य गरेर मेला आयोजना गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लोकराज भुसालले बताए ।
कृषिमा व्यवसायीकरण, प्रबिधिको पहुंचमा बृद्धि तथा कृषक स्तरमा सूचना तथा जानकारी पु¥याउनुको साथै नीतिगत सुधारको लागि पहल स्वरुप बिभिन्न बिषयगत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा विक्रि वितरण र कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
मुलुकको आर्थिक विकासको प्रमुख आधार मानिने कृषि क्षेत्रको विकासका लागि यस्ता मेला फलदायी हुने नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विश्वास व्यक्त गरे । उनले यो मेलामा सञ्चारजगतको तर्फबाट पूर्ण सहयोग रहने जानकारी दिए ।
कृषि मेला सञ्चालनको लागि तयारीका कामहरु अन्तिम चरणमा पुगेको संघकी कार्यसमिति सदस्य तथा प्रचारप्रसार समितिकी संयोजक जमुना पौडेलले बताईन । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टिकृत कृषि मेला आयोजना गरेको थियो ।
संघले आयोजना गरेको यो एघारौं संस्करणको कृषि मेला हो । यस विचमा संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला सफलता पूर्वक सम्पन्न गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।
नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिदै आएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार