‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई राप्ती उपत्यका देउखुरीमा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३ र अन्य साना दलबाट १/१ गरी १० जनाको मन्त्रिपरिषद् बनाइएको छ । यसअघि दुई जना मन्त्री नियुक्त भइसकेका थिए ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्रीको रुपमा शपथ लिए । एमालेबाट विष्णु पन्थीले स्वास्थ्यमन्त्री, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्री र राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको रुपमा शपथ लिएका छन् ।

यसअघि नियुक्त भएका दुई जना मन्त्रीको जिम्मेवारी तोकिएको छ । एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा सहरी विकास र माओवादी केन्द्रकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तर, केसी शपथग्रहण स्थलमा उपस्थित भइनन् । उनले बिनाविभागीय मन्त्रीबाट शनिबार राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत नगरी जिम्मेवारी तोकिएको छ ।

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ति, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् । मुख्यमन्त्री गिरीले शपथ लिएको ठीक एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । उनले पुस २८ मा शपथ लिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित