


बुटवल — दर्ताबिना नै संचालन भएका रुपन्देहीका २ होटल कारबाहीमा परेका छन् ।जिल्ला अनुगमन समितिले बुटवल उपमहानगरपालिका १२ कलुवाको मालिका कालिका होटललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
अनुगमनमा दर्ता नभएको, मुल्यसूची नराखेको, किचन फोहोर रहेको र खाना स्वस्थकर नदेखिएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो ।
यस्तै, देवदह नगरपालिका घोडाहाको आधीखोला होटललाई २० हजार रुपैयाँ जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कायालय, घरेलु तथा साना उद्योग कायालय, इलाका प्रहरी कार्यालय बुटवल लगायतको टोलीले होटलहरुको अनुगमन गरेको थियो ।