दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

८ औं मणिमुकुन्द रनिङ कप भलिबलको उपाधी स्याङ्जालाई

८ औं मणिमुकुन्द रनिङ कप अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधी जितेको हो ।
पहिलो सेट २५–२३ ले हारेको स्याङ्जाले त्यस पछिका ३ सेट २५–१३,२५–२३ र २५–१६ अंकले जितेको हो ।

फाइनल खेलको म्यान अफ द म्याच स्याङ्जाका हरि पाण्डे भए । स्याङ्जाले यो प्रतियोगिताको उपाधी पांचौपटक जितेको हो । लुम्बिनी र गण्डकीका ९ टिमको सहभागिता रहेको प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ ।

उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो भएको टिमले १ लाख ५० हजार र दोस्रो हुने टिमले १ लाख नगद पुरस्कार पाएका छन । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५० हजार र सान्त्वना भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्त बुझाउनु परेको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी बन्दै जिल्ला भलिबल संघ स्याङजाका सञ्जुविक्रम शाहले नगद १० हजारसहित कप तथा प्रमाणपत्रले सम्मानित भएका छन । यसैगरी विधागत तर्फका बेस्ट सेटरमा जिल्ला भलिबल संघ पर्वतका सुवास कुंवर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर जिल्ला भलिबल संघ स्याङजाका राजन दर्लामी, बेस्ट ब्लकर नवलपुरका सन्तोष राना, वेस्ट स्पाइकर नवलपुरका अशोक श्रेष्ठ, वेस्ट सर्भर स्याङजाका विजय थापा, अनुशासित खेलाडी स्याङजाका सुदिप राना हुन सफल भएका छन । यस्तै वेस्ट कोचका रुपमा पनि स्याङजाकै अमृत केसी बन्न सफल भए । उनीहरुले जनही नगद ५ हजार पुरस्कार राशीसहित कप र मेडल प्राप्त गरेका छन ।

प्रतियोगितामा विजयी खेलाडिहरुलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, राष्ट्रिय खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भटट्राई, मणिमुकुन्द भलिबल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले पुरस्कार वितरण गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित