तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोहिणीमा निःशुल्क स्वास्थ्य शिविर, ७६५ जना लाभान्वित

रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा ७६५ जनाको स्वास्थ्य परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले जानकारी दिए ।

शिविरमा विशेषज्ञ चिकित्सकसहितको टीमबाट सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, बालरोग, महिला तथा प्रसुती सम्बन्धी रोग, छाला रोग, नाक, कान, घाँटी, मुटुरोग, दाँत तथा गिजासम्बन्धि परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले बताए । त्यस्तै शिविरमा रगत परीक्षण, मुटुको ई.सी.जी. तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको केसीले जानकारी दिए । उनले भने, ‘शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई पहेलो कार्ड प्रदान गरिएको छ, उक्त कार्ड लिएर अस्पतालमा आउने बिरामीलाई उपचारमा २० प्रतिशत छुट र नर्मल बेडको निःशुल्क व्यवस्था गरिनेछ ।’ त्यस्तै बिरामीलाई अस्पतालसम्म जाने र घर फर्कन निःशुल्क यातायातको व्यवस्था गरिने केसीले जानकारी दिए । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका रोहिणी–४ का उदयराज अहिरले स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले भने, ‘मैले यहाँ उपचार गर्न पाए । आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्छ ।’

त्यस्तै स्वास्थ्य परीक्षण गर्न आएकी रोहिणी–५ की निर्मला यादवले शिविरमा स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि गाउँपालिकाले युसीएमएमसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘युसीएमएसले रोहिणीसहित विभिन्न क्षेत्रका जनताको उपचारमा सहयोग पुर्याउँदै आएको छ, म युसीएमएसलाई धन्यवाद दिन चाहन्छु ।’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आएको अध्यक्ष यादवले बताए ।

त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले वृहत निःशुल्क स्वास्थ्य शिविरले नागरिक लाभान्वित भएको बताए । उनले आगामी दिनमा रोहिणी–५ मा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने जानकारी दिए ।

रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विभिन्न रोगबाट ग्रसित नागरिकलाई उपचारका लागि शिविरले सहज बनाएको बताए । उनले रोहिणी–६ मा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गर्न लागेको जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीले शिविरमार्फत नागरिकले गाउँघरमै स्वास्थ्य सेवा पाएको बताए । उनले रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ लाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताए । आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइने उनले बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीको स्वागत तथा पिपरहवा माविका शिक्षक राधेश हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित