चौराहमा रक्तदान

बुटवल । रुपन्देहीमा रगत अभाव देखिएपछि रक्तदान कार्यक्रम गरिएको छ । चौराह हस्पिटल प्रालिले दुर्घटनामा ज्यान गुमाएका आफनो कर्मचारी स्व.रवि गौतमको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले रक्तदान कार्यक्रम गरिएको अस्पतालका सुचना अधिकारी जनक कुवरले बताए ।

नेपाल नियमित रक्तदाता समाज रुपन्देही, स्टार्ट १८ स्टार टिम र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा साथै फर्साटिकरमा जिविका बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । विरामीका आफन्तहरु रगत माग्न आउने तर दान गर्न नचाहने प्रवृति परिवर्तन नआएसम्म समस्या समाधान नहुने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार