रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘बटौली’ देखि बुटवलसम्म : यसरी बदलियो स्वरुप

गाउँघरमा बूढापाका बताउँथे, ‘हात खाली नराख, जग्गा खाली नराख’ । हात खाली नराखको अर्थ हो— कुनै न कुनै काममा आपूmलाई सक्रिय बनाइराख । त्यस्तै जग्गा खाली नराख भनेको जग्गाबाट केही न केही उत्पादन र आम्दानी गर । अहिले नेपालीको प्रवृत्ति हात पनि खाली राख्ने र जग्गा पनि खाली राख्ने दिशातिर उन्मुख छ । अर्थशास्त्र विषयका प्राध्यापक वैकुन्ठ पाण्डे भन्छन्–“युवाहरुमा सीप र जग्गाहरु बाँझो नरहने हो भने जनशक्ति र भूमिको उचित सदुपयोग गर्न सकिन्छ ।”

बुटवल उपमहानगरपालिकाको आर्थिक समृद्धिका लागि युवाहरुलाई सीपमूलक काममा लगाई उनीहरुबाट लाभ लिन सक्नुपर्छ । दीर्घकालीन अवस्था कल्पना गरेर योजना बनाउन उनले बुटवल उपमहानगरलाई सुझाव दिन्छन् । विभिन्न जिल्लाका मानिस बटुलिएपछि चुरेको फेदमा ‘बटौली’ बजार बनेको इतिहास छ । पहाडका बासिन्दाले घीउ बेचेर नुन र मट्टीतेल किन्ने सानो बजार अहिले देशकै आर्थिक केन्द्र बनेको छ । पहाड–तराईको व्यापारिक केन्द्र, पूर्व–पश्चिमको मध्य र भारतीय सीमानजिकको सहरका रुपमा रहेको छ ।

पहिलेको सानो बटौली अहिले बिकसित भएर नमुना सहर बन्दै छ । सहर र आसपास विकास योजना तीव्र रुपमा अघि बढ्दैछन्  । जाइलाग्न आएको अंग्रेज फौजलाई हराएको जीतगढी किल्ला, राजा भतृहरिले सिद्धि प्राप्त गरेको सिद्धबाबा, आदिमानव रामापिथेकशको बंगारा भेटिएको रामापिथेकश क्षेत्र लगायतको योजनाबद्ध विकासले सहरको उचाइ बढाएका छन् । 

२०५४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएका श्रेष्ठका अनुसार अहिले बुटवलमा मुख्यगरी ट्राफिक व्यवस्थापन र पार्किङलाई बढी जोड दिनुपर्छ । “यसका अतिरिक्त बुटवलमा ट्रेड सेन्टरहरुको निर्माण, जलासयहरुको निर्माण, तिनाउ कोरिडोरको कार्यान्वयन, प्रादेशिक अस्पताललाई स्तरोन्नती जस्ता कुरा अगाडि बढाउन सके बुटवलको मुहार फेरिन धेरै समय लाग्दैन”–उनी भन्छन् । बुटवल ऐतिहासिक, प्रचुर सम्भावनायुक्त र मुलुककै प्रमुख केन्द्रका रूपमा रहेकोले यसलाई अझ व्यवस्थित र आधुनिक बनाउनुको विकल्प नभएको उनी बताउँछन् ।

यहाँ बसोबास व्यवस्थित तुल्याएर आकर्षक र सुविधायुक्त सहर बनाउने, शिक्षा स्वास्थ्यमा सुधार, उद्योग, व्यवसाय बिस्तार गरेर रोजगारको केन्द्र बनाउने कुरालाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । “अब बुटवललाई स्मार्ट सिटीका लागि पूर्वाधार विकास गर्नुको विकल्प छैन”–श्रेष्ठ भन्छन् । उनले भनेजस्तलै बुटवलमा पुर्वाधार विकासलाई पनि जोड दिइएको छ । ‘ग्रेटर लुम्बिनी’ क्षेत्रभित्र पूर्वाधार विकास गर्ने लक्ष्यअनुरुप चन्द्रसूर्य आकारमा सम्मेलन केन्द्र निर्माण गरिएको छ । बुटवल मण्डपको १० बिगाहामा उक्त सम्मेलन केन्द्र निर्माण भएको छ । त्यसमा १ हजार १ सय १४ जना अट्ने मुख्य हल छ ।

छेउँमै अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण अन्तिम चरणमा छ । अर्का प्रदेशसभा सदस्य विष्णु पन्थी भन्छन्–“बुटवलको तीव्र जनसंख्या वृद्धिलाई ध्यानमा राखेर पार्किङको व्यवस्थापन अपरिहार्य भइसकेको छ ।” अव बुटवलको विकासमा घरहरुको संरचना पनि बदल्नुपर्ने उनको सुझाव छ । “अव पूराना मोडलका घरले हुँदैन, नयाँ घर निर्माणका लागि जग्गा छैन, अवका घर जमिन होइन, आकाशतफर्, बढ्नुपर्छ”–पन्थीको भनाइ छ । उनका अनुसार ग्रिनरी, सरसफाई र हरियाली पार्क, बहुमूल्य व्यापारिक भवन, प्रयाप्त खानेपानीको व्यवस्था, साधनस्रोत सम्पन्न प्रशासन, सुविधासम्पन्न होटल आधुनिक बुटवल निर्माणका लागि महत्वपूर्ण तत्व हुन सक्छन् । “बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रूपमा छुट्टै पहिचान दिनेगरी विकास गर्नुपर्छ”, उनी भन्छन्–“यसैले आधुनिक शहरका लागि उपमहानगरले प्रष्ट खाका निर्माण गर्नुपर्छ ।”

यतिबेला कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माण प्रक्रिया अगाडि बढेको छ । तिनाउ–दानव कोरिडोर निर्माणको क्रममा छ । चुरे पहाडबाट सुरु भएको बुटवल समथर भूभागसम्म फैलिएको छ । पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग यसको मध्य भागबाट गएका छन् । सौर्यबत्तीले सडकसँगै दायाँबायाँ छुट्याइएको सर्भिस लेनसम्म उज्यालो पुग्छ । ०६८ देखि सौर्य ऊर्जाले झिलिमिली बनाउने काम सुरु भएको थियो । साँझ परेपछि बजार पूरै उज्यालो देखिन्छ । राजमार्ग र आवासीय क्षेत्रका सडकमा सौर्य ऊर्जा विस्तार भएको छ । बुटवलको क्षेत्रफल तिलात्तमा सम्म पनि पर्ने भएकाले तिलोत्तमाको वनवाटिकामा वनस्पति उद्यान र प्राणी उद्यान बनाउनुपर्ने प्रदेश मुन्ख्यमन्त्री लिला गिरीको भनाइ छ । उनका अनुसार हिलपार्क र मणिमुकुन्द सेनलाई परिस्कृत गरी विकास गर्न सके, जितगढी किल्लालाई आधुनिकीकरण गर्दै रामापिथेकश पार्क, जिओलोजिकल पार्क, नुवाकोटमा ओपन थिएटर, वसन्तपुर र नुवाकोटमा केवल कार निर्माण र सिद्धबाबा धामको विकास पूरा भएपछि आधुनिक बुटवलको सपना पूरा हुन्छ ।

बुटवलबाट सिधैं लुम्बिनी जोड्ने र पश्चिमबाट आउने पर्यटकलाई सिधै लुम्बिनी लैजाने र ल्याउने मार्गका रुपमा बेलवास–बेथरी पर्यटन मार्ग निर्माण गरिएको छ । बुटवलको बेलवासबाट बेथरी हुँदै लुम्बिनी जोड्ने सडक ४ लेनको सडक बनेको छ । यसका लागि २ अर्ब बजेट खर्च भएको छ ।

उपमहानगरपालिकाको रामनगरमा ०३२ सालमा स्थापित बुटवल औद्योगिक क्षेत्र छ । यसमा रहेको ४ सय ३४ रोपनी जग्गामा ७४ उद्योग सञ्चालित छन् । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र बनाउने सरकारी योजनाअनुसार मोतीपुरमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना हुँदैछ । त्यसमा ८ सय १४ विघा नदी उकास क्षेत्रको जग्गामा औद्योगिक क्षेत्र निर्माण हुने छ । यसले पनि बुटवलको विकासमा इटा थप्ने काम गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा रहेको तिनाउ पुलले बुटवलको अहिलेको मुख्य बजार र पुरानो बजारलाई जोडेको छ । यी दुई बजारलाई जोड्ने अर्को पक्की पुल पनि निर्माण भएको छ । पुलले बुटवल उपमहानगरपालिकाको एक र ३ नम्बर वडालाई जोडेको छ । पुल बनेपछि बुटवलको पुरानो बजारमा चहलपहल बढेको स्थानीयको भनाई छ ।

बटौली संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौल स्थानीय तहका जनप्रतिनिधिले पुरानो बजार संरक्षणको योजना बनाउने आशा व्यक्त गर्छन् । “फेरि पनि जनप्रतिनिधि आएका छन्, आशा त गर्नै प¥यो । आशा गर्नेबित्तिकै भइहाल्छ भन्ने होइन, तर जनप्रतिनिधिलाई काम गर्नुपर्ने दबाब हुन्छ”–उनी भन्छन्–“यो ठाउँ बुटवल सहरको जननी हो । अंग्रेजलाई हराएको राष्ट्रिय गौरवको ठाउँ पनि हो । साँस्कृतिक पहिचान बोकेको ठाउँ पनि हो । गर्नुपर्ने धेरै काम छ ।” पुरानो बजार बटौलीमा थुपै ऐतिहासिक, धार्मिक मठ–मन्दिरहरु पनि छन् । पछिल्लो पटक बटौली संरक्षण सम्बद्र्धन समितिको अगुवाइमा पर्व विशेष कार्यक्रमहरु पनि हुन थालेका छन् । त्यसैले बटौली क्षेत्र सम्भावना बोकेको ठाउँ हो । बुटवलको विकास गर्ने शिलशिलामा पुरानो बटौली बजारलाई भुल्न नहुनेमा उनी जोड दिन्छन् । न्यूज बुटवल टुडेबाट साभार । यो सामाग्री लक्ष्मण पौडेलले लेखेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार