किन दिईन लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा ?

बुटवल । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी  लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे । यसबारेमा थप छलफल भइरहेको उनले बताए । पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथग्रहण गरेकी थिइन् । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएकी थिइन् । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ गते ५९ सांसदको विश्वासको मत पाएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार