मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

मुलुक नितिगत भ्रष्टाचारमा लिप्त, श्रमजिवि हक अधिकारप्रति सरकार गैरजिम्मेवार

बुटवल । मुलुकमा शान्ति प्रक्रिया आएपछि धेरै परिवर्तन नआएका होइनन् । धेरै पटक सत्ता परिवर्तन, नेतृत्व र हरेक निति सिद्धान्तका विगुल जनता माझ दलका नेताहरुले निकै प्रचार समेत गर्न भ्याए । सोही श्रमजिवि वर्गको उत्थान गरिने बुँदाहरु सुनेर र देखेर आमनागरिकहरु पनि दलप्रति विश्वास राख्दै आए ।

तर, परिवर्तन ल्यायौ भनेर निकै चर्चा गर्न नछोड्ने दलका नेताहरुले श्रमजिवि वर्गहरुको हकहितका लागि उल्लेखित कुनै सिंको समेत भाँच्न नसकेको संयुक्त ट्रेड युनियन समन्वयन समितिका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले जिकिर गरे । नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गरे ।

रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले श्रमिकको नजरबाट हेर्दा सरकार छ कि छैन भनेर सोच्नु पर्छ भन्दै यदी छ भने त्यो कि अन्धो छ, कि त्यो बहिरो छ भने । श्रमजिवि वर्गहरुको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरवारको शासक र शासन परिवर्तन फेरिए पनि श्रमिकको अवस्था उस्तै रहेको दावी गरे । उनले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला शासकहरु सामन्ती बनेको आरोप लगाए ।

उनले भने, नेपालमा नितिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत पाउने सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरुमा मारमा परेको दुख व्यक्त गरे । जसको फाईदा होटल व्यवसायीलाई पुगेको छ । आफु बाँके र कैलालीमा गएको वेला होटलहरुले श्रमिकको कटौती शुल्कलाई मेनुमा राखेर परिकारहरुको मुल्य बढाएर लेखेको गुनासो गरे । उनले देशमा स्थिर सरकार नबन्दा श्रमिकका मुद्धाहरु सधै ओझेलमा परेको बताउदै सरकारले श्रमिकका अधिकारप्रति ध्यान नदिए कडा रुपमा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।

साक्षात्कारमा नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय उपाध्यक्ष कमल गौतमले बढ्दै गएको बेथिती र मजदुरका हकअधिकारलाई सरकारले ध्यान नदिए राज्य विरुद्ध सडकमा उत्रिन बाध्य हुने बताए । उनले सामाजिक सुरक्षाको मुद्धालाई कार्यान्वयन गर्न देशभरी बिभिन्न कार्यक्रम र आन्दोलनका तयारी तिव्र पारिएको उल्लेख गरे ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित