लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबलको उपाधिका लागि स्याङजा र नवलपुर भिड्ने

 

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई पराजित गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो । नवलपुरले ३–१ को सेटमा जित निकालेको हो । उसले २५–२३, २५–१८, १९–२५ र २५–१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले जिल्ला भलिबल संघ पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । उसले ३–० को सोझो सेटमा जित दर्ता गरेको हो । स्याङजाले पर्वतमाथि २५–२१, २५–१५ र २५–२० को अंकसहित जित निकाल्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जनकारी दिए । प्रतियोगिता अन्तरगत अन्तिम दिन शनिबार विहान तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच विहान १० बजेदेखि हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी फाइनल खेल दिउसो १ बजे हुने आयोजकले जनाएको छ ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित