‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीमा सरकार विस्तारको तयारी तीव्र

लुम्बिनीमा सरकार विस्तारको तयारी तीव्र पारिएको छ ।
सरकार विस्तारको तयारीमा लागेका लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बुधबार नै आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् । यसअघि उनले प्रमुख स्वकीय सचिवमा कृष्ण कुमाल, स्वकीय सचिवमा अमृत गिरी र प्रेस संयोजकमा टीका बस्नेतलाई नियुक्त गरेका थिए । प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त न्यौपाने बुटवल–११ का स्थायी बासिन्दा हुन् । पूर्वमाओवादी न्यौपाने नेकपा विभाजनपछि एमालेमै रहेका थिए ।

२०७४ को निर्वाचिनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका न्यौपाने नेकपापछि एमालेमा लाग्दा माओवादीबाट कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद गुमेको थियो । २०७९ को प्रदेशसभा सदस्यमा भने रूपन्देही १ (२)बाट पराजित भएका थिए । एमालेको चितवनमा सम्पन्न दसौं महाधिवेशनबाट उनी पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सरकारका काममा राजनीतिक परामर्श, समन्वय र नीति निर्माणमा सहयोग गर्ने गरी न्यौपानेलाई बुधबार नियुक्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता एंव मन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री गिरीले सचिवालय विस्तारसँगै सरकार विस्तारको पनि तयारी गरेको बताए । उनका अनुसार शुक्रबारसम्म सरकार विस्तार हुनेछ । सरकार विस्तारका लागि मुख्यमन्त्री गिरी आफैंले सरकारलाई समर्थन गरेका माओवादी र साना दलसँग संवाद गरिरहेका छन् । लुम्बिनी प्रदेशमा एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा र नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गरेका छन् । ८७ सदस्यीय प्रदेशसभामा गिरीलाई ५७ जनाले विश्वासको मत दिएका थिए । तीमध्ये सत्ता गठबन्धनले राप्रपालाई उपसभामुख दिएको छ ।

प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर १० मा झारेको छ । १० सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट ३, अन्य साना दलबाट ३ मन्त्री बनाउने तयारी छ । माओवादीले अर्थसहित ३ मन्त्रीमा दाबी गरे पनि एमाले भने २ जनामा सहमति गराउने प्रयासमा छ । एमालेमा पनि मन्त्रीका आकांक्षी धेरै भएकाले सरकार विस्तारमै अलमल भएको छ । एमालेका आचार्य मुख्यमन्त्रीसँगै मन्त्रीमा नियुक्त भए पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । अब बढीमा २ मन्त्री पाउने एमालेमा रूपन्देहीका भूमीश्वर ढकाल, कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका डिल्लीराज भुसाल, दिनेश पन्थी र बाँकेका रत्न थापा मन्त्रीका मुख्य आकांक्षी छन् ।

मन्त्रीका आकांक्षीलाई प्रदेश सभाका विषयगत समितिको सभापतिमा मनाएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री गिरीको योजना छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री आचार्यले ढिलोमा शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘अब चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘त्यसका लागि मुख्यमन्त्रीले बुधबारदेखि नै माओवादी र अन्य साना दलसँग संवाद गरिरहनुभएको छ ।’ बुधबार नै मुख्यमन्त्री गिरी र माओवादी

संसदीय दलका नेता जोखबहादुर महरा र माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसीबीच छलफल भएको छ । छलफल सकारात्मक भएको र शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको एक नेताले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित