मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा दधिराम, एमालेले छान्यो प्रमुख सचेतक र सचेतक

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने (एमएस शर्मा) लाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा शर्मालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ निवासी शर्मा नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सकृय शर्मा नेकपा विभाजन गर्ने अदालतको आदेशसंगै नेकपा एमाले रोजेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभामा सदस्य निर्वाचित भएका शर्माले एमाले रोजेका कारण प्रदेशसभा सदस्य पद गुमाउनु परेको थियो।

यसैगरी रुपन्देहीको ३ को १ बाट निर्वाचित सांसद तुलसी चौधरी प्रमुख सचेतकमा चयन भएका छन् । उनी सोही क्षेत्रबाट दोहोरिएर प्रदेशमा निर्वाचित भएका हुन् । एमाले संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

त्यसैगरी रेखा शर्मा दाङमा सचेतक चयन भएकी छन् । उनी समानुपातिकमा सांसद बनेकी हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित