बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

सकियो राष्ट्रिय सभा उपनिर्वाचन, एक जना अनुपस्थित

लुम्बिनीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएको छ।

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो।

निर्धारित अवधिमा प्रदेशका कुल ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन्।

स्थानीय तह अन्तर्गत रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले उपस्थित भइनन्।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले दिउँसो साढे १ बजेसम्ममै ३०४ जनाले मतदान गरिसकेको बताए।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधबार उपनिर्वाचन गराइएको हो।

राष्ट्रियसभा सदस्य चुन्न लुम्विनी प्रदेशसभाका सबै ८७ जना सांसदले मतदान गरेका छन्। स्थानीय तहका १०९ प्रमुख र १०८ उपप्रमुखले मतदान गरेका हुन्।

राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्।

निर्वाचन सकिए लगतै कर्मचारी मिलन केन्द्रको हलमा मतगणना सुरू हुने र एक घन्टा भित्रमै परिणाम आउने सूचना अधिकारी कुँवरले जानकारी दिए।

यस्तो छ अंक गणित
लुम्बिनी प्रदेशमा कुल १०९ पालिका छन्। ती मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ।

गठबन्धन अनुसार मतदान भए एमालेका दसौदीको पक्षमा परिणाम आउने सम्भावना प्रबल देखिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार