बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

ब्याडमिन्टन बिजेतालाई रोटरी क्लव बुटवलले ग¥यो सम्मान

तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगितामा बिजेता दुईजना रोटरीयनलाई रोटरी क्लव अफ बुटवलले सम्मान गरेको छ ।

ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्सतर्फ रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र रोहित पुरीको जोडीले उपाधि जितेका थिए । उपाधि बिजेता दुवै जनालाई क्लवले बुधबार १४ सय ५० औं नियमित बैठकको अवसर पारेर सम्मान गरेको हो ।

प्रतियोगिताको फाईनल खेलमा खुल्लातर्फ धादिङले जित्दा रोटरी क्लब अफ बुटवलका वसन्त थापा घर्ती र लिलबहादुर थापाके जोडी उपविजेता बनेको थियो । त्यसैगरी रोटरी क्लब अफ बुटवलका लालमणि पन्थी र अशोक प्रधानको जोडी तेस्रो बनेको थियो ।

त्यस्तै भे«ान्सतर्फ रोटरी क्लब अफ बुटवलका बोनिन पिया र जीवकान्त काफलेको जोडी तेस्रो भएको थियो । क्लवले भेट्रान्सतर्फ बिजेता खेलाडी एवं प्रतियोगितामा उपविजेता र तेस्रो स्थान हासिल गरेका खेलाडीलाई सम्मान गरेको हो ।

बिजेता रोटरीनलाई सम्मान गर्दै क्लवका अध्यक्ष बोनिन पियाले रोटरी क्लब अफ बुटवलले खेल क्षेत्रलाई पनि महत्व दिएर अगाडि बढिरहेको बताए । बुधबारको बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकमा डिजी नोमिनी छनोट प्रक्रियाका विषयमा रोटरीयनहरुले आ–आफ्नो धारणा राखेका थिए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजूले रोटरी क्लव अफ बुटवलको छवि राष्ट्रियस्तरमै राम्रो रहेकाले यसलाई कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बैठकमा क्लवका प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठ, पुर्व अध्यक्षहरु नारायणप्रसाद पन्थ, सुनिल श्रेष्ठ, डा. ताराप्रसाद उपाध्याय, राजेन्द्र लम्साल, डिल्लीकुमार श्रेष्ठ, विन्ध्याकेशर जोशी, हरिप्रसाद पौडेल, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, खिमनारायण पराजुली, जिवकान्त काफ्लेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार