इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदानः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताएका छन् । उनले अर्थतन्त्र विकासको मुख्य आधारहरुमध्ये पर्यटन क्षेत्र भएको जनाउँदै निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिका सह्रानीय रहेको जनाए ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिको २५ औं वार्षिक उत्सव समारोहमा बोल्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्ने जनाए । ‘आगामी दिनमा पर्यटन क्षेत्रमा मुलुकका धेरै नागरिकहरु सामेल हुनेछन्, त्यसमा पनि लुम्बिनी प्रदेशबासीको ठूलो योगदान रहनेछ’, उनले भने ।

पछिल्लो समय पर्यटन क्षेत्रमा केही समस्याहरु देखेएको जनाउँदै उनले प्रदेश सरकार निजी क्षेत्रका समस्या समाधान गर्दै दिगो विकासमा ध्यान दिने जनाए । सिद्धार्थ बिजनेशको मिहिनेतले सफलता हात लागेको जनाउँदै उनले यस्ता ठूला व्यवसायिक घरना र पूर्वाधारले मुलुकको आर्थिक क्षेत्रमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

ग्रुपले लुम्बिनी नजिक तथा भारतीय सीमा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक महत्वपूर्ण स्थानमा पाँचतारे होटल सञ्चालन गर्न लागेको भन्दै प्रशंसा गरे । ‘निजी क्षेत्रबाट लगानी थपिइरहेको छ, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि रात्रीकालिन बजारको आवश्यकता छ’, उनले भने, ‘यसबारेमा प्रदेश सरकारले पनि महसुस गरेको छ । केही पसल तथा होटलहरु रातिमा पनि खुल्न थालेका छन् । यसमा थप राम्रो वातावरण बनाउँदै जान्छौं’, उनले भने ।

पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । पछिल्लो समय आफू गृहमन्त्री हुँदा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि राती १२ बजेसम्म रेष्टुरेण्ट तथा पसल खोल्न पाउनुपर्छ भन्ने नीतिगत तथा मन्त्रिपरिषद्बाट निर्णय गराएको र यसले व्यवसायीमा उत्साह ल्याएको जनाए । ‘नेपालमा १० बज्नेबित्तिकै रेष्टुरेण्ट तथा पसल बन्द गर्ने चलन थियो । जसका कारण राती पुग्ने पर्यटकलाई खाना खान समेत समस्या थियो । हामीले नीति बनाए पछि भैरहवाका केही ठाउँमा रात्रिकालीन व्यवसाय पनि सुरु भएको छ । विस्तार मुलुकका धेरै ठाउँमा खुल्दै जान्छन् ।’

पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ठूलो योगदान दिएको जनाए । यस्ता विजनेश हाउसहरुको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले आगामी दिनमा गु्रपको थप सफलताको शुभकामना दिए । उनले निजी क्षेत्र फस्ट्याएमा राज्यलाई पनि आर्थिक विकास गर्न सहजता हुने विश्वास व्यक्त गरे ।

सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले सानो खाजा पसलबाट सुरु गरेको व्यवसाय आज विशाल हुनुमा सबैको साथ र सहयोग रहेको जनाए । उनले आगामी दिनमा मुलुकका मुख्य पर्यटकीय स्थलसँगै विदेशमा पनि व्यवसाय विस्तार गर्ने आफूहरुको लक्ष्य रहेको बताए । ग्रुपले अहिलेसम्म २४ ठाउँमा सेवा विस्तार गरेको जनाएको छ । भैरहवामा पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुर्याएको छ भने कृषि, आइटी लगायत अन्य थुप्रै व्यवसायमा लगानी गरेको छ । २५ औं वार्षिक उत्सवको अवसर पारेर प्रालिले विभिन्न विधामा विभिन्न शाखाहरुलाई सम्मान समेत गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार