लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मणिमुकुन्द रनिङशिल्ड भलिबल: पर्वत र नवलपुरको सहज जीत

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मँगलबारदेखि सुरु भएको आठौं रनिङशिल्ड भलिबल कपको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो ।

पर्वतले २७-२५, २५-२२ र २६-२४ को सोझो सेटमा रुपन्देहीलाई पराजित गरेको हो ।प्रतियोगितामा पर्वतका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भएका छन् । यसैगरी मँगलबार नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-२२, २५-१६ र २५-११को सेटमा जित दर्ता गर्दै नवलपुरले अंक जोडेको हो । प्रतियोगितामा सन्तोष राना मगर म्यान अफ दी म्याच घोषि भए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकूदको विकासका आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अन्य आर्थिक सहयोगका लागि तयार रहेको बताए । भौतिक तथा पूर्वाधारको विकाससँगै मानवीय विकास महत्वपूर्ण रहेको बताउँदै उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण रहेको बताए । यसैगरी लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारको निर्माण तथा खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु आवश्यक रहेको बताए ।

जिल्ला खेलकूद विकास परिषद रुपन्देहीका हरी क्षेत्री, मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, संस्थापक सुरेन्द्र गुरुङ लगायतले बोल्दै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षमा भएका कार्यक्रमको सञ्चालन सचिव कासिराज गौतमले गरेका थिए ।

क्लबको खेल मैदान तिलोत्तमा २ मा जारी प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताए ।

लिक कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विभिन्न प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार ४ वटा खेल हुने भएका छन् । बुधबार पहिलो खेल जिल्ला भलिबल संघ बाग्लुङ र जिल्ला भलिबल संघ नवलपुरका बीच हुने छ भने दोस्रो खेल जिल्ला भलिबल संघ गुल्मी र नवलपरासीका बीच प्रतिस्पर्धा हुने छ । यसैगरी तेस्रो खेल जिल्ला भलिबल संघ स्याङ्जा र जिल्ला भलिबल संघ पाल्पाका बीच प्रतिस्पर्धा हुने छ । दोस्रो दिनको अन्तिम तथा चौथो खेल जिल्ला भलिबल संघ म्याग्दी र जिल्ला भलिबल संघ बागलुङका बीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल विहान साढे ९ बजेदेखि हुने छ भने दोस्रो विहान साढे ११ बजेदेखि सुरु आयोजकले जनाएको छ । यसैगरी तेस्रो खेल दिउँसो साढे १ बजे तथा चौथो खेल दिउँसो ३ बजे हुने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित