रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

बुटवलका सत्र जनालाई स्वास्थ्य सेवामा सत प्रतिशत छुट

बुटवल । बुटवल उपमहानगरपालिका वडानम्बर सात हिलपार्कमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पुगेका १७ जना विरामीले एक वर्षका लागि स्वास्थ्य परिक्षणमा सत प्रतिशत छुट पाउने भएका छन् ।
दिपनगर हिलपार्कमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका साढे तीनसय मध्यका १७ जना विपन्न तथा गरिव परिवारका सदस्यले सत प्रतिशतको अवसर पाउने भएका हुन् ।
लायन्स क्लव अफ बुटवल मणि उजेशले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ सँगको समन्वयमा गरेको स्वास्थ्य शिविरमा सहभागि भएका १७ जनाले एक वर्षसम्मको सम्पुर्ण स्वास्थ्य परीक्षणमा सत प्रतिशत छुट पाउने भएका हुन् ।
बुटवल सातका १७ टोलका एक–एकजनाको प्रतिनिधीत्व हुने गरी मुट, पिसाव, दाँत, मधुमेह, प्रेसर लगायतका रोग सम्वन्धि चिकित्सकीय परीक्षण, उपाचार, र औषधीमा एक वर्षका लागि सत प्रतिशत छुट पाउने भएको मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिए । सोमबार हिलपार्कमा भएको शिविरमा स्वास्थ्य परिक्षण गराएको ओपिडी कार्डका आधारमा १७ जनाले सत प्रतिशत र अन्यले २० प्रतिशत छुट पाउने भएका हन् । शिविरमा साढे तीनसय बढीले मुट, पिसाव, दाँत, मधुमेह, प्रेसर लगायतको परिक्षण गराएका थिए ।


शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले समय समयमा विभिन्न स्थानमा गरिने निःशुल्क स्वास्थ्य शिविरले सबैवर्गका ब्यक्तिले स्वास्थ्य सेवा पाउने भएकाले आयोजकलाई धन्यवाद दिए । उनले स्वास्थ्यसेवालाई नगरका सबै नागरिकमा पुर्याउने अभियानमा लायन्स क्लवले सहयोग गरेको उल्लेख गर्दै भविष्यमा गरिने स्वास्थ्य सम्वन्धि गतिविधिमा सहकार्य गर्ने बताए । मणि उजेशका सचिव पुष्पा कंडेलेको संचालनमा भएको कार्यक्रममा बुटवल ७ का वडाध्यक्ष पदम राज गाहा, लायन्सका फष्ट भिडिजी पुरुषोत्तम प्रधानाङ, लियो क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष दर्पण घिमिरे लगायतले आआफ्ना भनाई राखेका थिए ।
निःशुल्क औषधी समेत वितरण गरिएको शिविरमा कार्डियोलोजिष्ट डा. अर्जुन बुढाथोकी, युरोलोजिष्ट डा. प्रेमराज सिग्देल, डेन्टिस डा. शंकर वज्राचार्य लगायतले विरामीको स्वास्थ्य परिक्षण गरिएको क्लवका सदस्य तथा कार्यक्रम संयोजक सञ्जीवना आचार्यले जानकारी दिए । शिविरमा औषधी तथा प्राविधिक सहयोग बुटवलको विजया फार्माले गरेको थियो भने शिविरमा पुगेका सबै विरामीका लागि एक वर्षसम्मको स्वास्थ्य छुटको ब्यवस्था पनि विजया फार्माले नै गरेको कार्यक्रम संयोजक आचार्यले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार