संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

लुम्बिनीमा रामकथा वाचन रोक्न माग गर्दै प्रदर्शन

शान्तिभूमि लुम्बिनी क्षेत्रमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम राखेपछि सोमवार तनाव उत्पन्न भएको छ ।

संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले गैरबौद्व धार्मिक क्रियाकलाप लुम्बिनी क्षेत्रमा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् । २१ गतेबाट गर्ने भनिएको रामकथा वाचन ३ दिन पछाडि सारेर आयोजक रामकथा प्रेमयज्ञ समितिले मंगलवारदेखि रामकथा वाचन कार्यक्रम राखेको छ ।

संघर्ष समितिले लुम्बिनीको पर्सा चोकबाट धार्मिक र सांस्कृतिक हस्तक्षेप बन्द गर्न माग गर्दै लुम्बिनी विकास कोषमा पुगेर उपाध्यक्ष भिक्षु मैत्ययको राजीनामा माग गर्दै गरेका छन् । रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रदर्शनमा तनाव उत्पन्न नभएको दाबी गरे ।

एसपी रेग्मीले भने, ‘व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । कथावाचन भोलिदेखि हुन्छ, रोकिँदैन ।’ लुम्बिनी विकास कोषका प्रेस सल्लाहाकार विनोद परियारले कार्यक्रम रोक्न माग गर्दै विकास कोषको कार्यालयसम्म पुगेको जानकारी दिए ।

यता लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न अनुमति दिइएको विषयलाई लिएर सरोकारवाला संघसंस्थाले चासो, चिन्ता र प्रश्नहरू उठाएर विज्ञप्ति, ध्यानाकर्षण र विरोध जनाएपछि कोषले सद्भाव कायम राख्न अपिल गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार