अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

लुम्बिनी विकास कोषले लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायको सकारात्मक चासोलाई सधैभरी स्वागत गर्ने बताएको छ । आइतबार कोषका सदस्य सचिव सानुराजा शाक्यले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

लुम्बनीमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न दिइएको सम्बन्धमा सरोकारवाला संघ संस्थाले चासो र चिन्ता राखेपछि कोषले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

उक्त हल प्रयोग गर्न दिएको विषयमा संघ संस्थाले राखेको चासो, चिन्ता र प्रश्नको विषयमा ध्यानाकर्षण भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्यको विरोध भएकोप्रति कोष गम्भीर रहेको सदस्य सचिव शाक्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायहरुको सकारात्मक चासोलाई कोषले सधैंभरी स्वागत गर्दै आएको छ ।’

यो चासो र चिन्तालाई विश्व बौद्ध परम्परा र विश्व शान्तिका लागि अनुकुल हुनेगरी सम्बोधन गर्नु संस्थाको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा थप भनिएको छ, ‘यसप्रति देखाएको चासोलाई विश्व बौद्ध परम्परा र विश्व शान्तिका लागि अनुकुल हुने गरी सम्बोधन गर्नु हाम्रो कर्तव्य नै हो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार