भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

लुम्बिनी विकास कोषले लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायको सकारात्मक चासोलाई सधैभरी स्वागत गर्ने बताएको छ । आइतबार कोषका सदस्य सचिव सानुराजा शाक्यले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

लुम्बनीमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रमका लागि हल प्रयोग गर्न दिइएको सम्बन्धमा सरोकारवाला संघ संस्थाले चासो र चिन्ता राखेपछि कोषले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

उक्त हल प्रयोग गर्न दिएको विषयमा संघ संस्थाले राखेको चासो, चिन्ता र प्रश्नको विषयमा ध्यानाकर्षण भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्यको विरोध भएकोप्रति कोष गम्भीर रहेको सदस्य सचिव शाक्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायहरुको सकारात्मक चासोलाई कोषले सधैंभरी स्वागत गर्दै आएको छ ।’

यो चासो र चिन्तालाई विश्व बौद्ध परम्परा र विश्व शान्तिका लागि अनुकुल हुनेगरी सम्बोधन गर्नु संस्थाको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा थप भनिएको छ, ‘यसप्रति देखाएको चासोलाई विश्व बौद्ध परम्परा र विश्व शान्तिका लागि अनुकुल हुने गरी सम्बोधन गर्नु हाम्रो कर्तव्य नै हो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित